महानगरपालिकाे एक वर्षमा ६० वटा आयोजना सम्पन्न

काठमाडौँ महानगरपालिका २६ ले चालु आर्थिक वर्षमा ६० वटा आयोजना सम्पन्न गरेको छ ।
लैनचौरमा आज आयोजित ‘सार्वजनिक सुनुवाइ एवं ज्येष्ठ नागरिक सम्मान तथा भत्ता वितरण’ कार्यक्रममा उक्त वडाले आर्थिक वर्ष २०७४÷७५ मा सम्पन्न भएका निर्माण कार्यको विवरण प्रस्तुत गरेको हो ।
प्रमुख पर्यटकीयस्थल ठमेलदेखि गोँगबु क्षेत्रसम्म रहेको उक्त वडामा बाटो कालोपत्रे, ब्लक तथा ढुंगा छाप्ने, ढल तथा मंगल निर्माण, सडक बत्ती जडान, ढुंगेधारा निर्माण तथा मर्मत, इनार निर्माण, रेलिङ हाल्ने काम सम्पन्न भइसकेको जनाइएको थियो ।
यस्तै रानीबारी प्रहरी बिट पुनःनिर्माण, वडा कार्यालय भवन कोठा निर्माण, रिटेनिङ वाल निर्माण पनि गरिसकिएको सो अवसरमा उल्लेख गरिएको थियो ।
यस वडालाई महानगरकै उत्कृष्ट वडा निर्माण गर्न लागिएको जानकारी गराउँदै वडाध्यक्ष ख्यामराज तिवारीले भन्नुभयो, “कुन स्थानमा के कुराको आवश्यकता छ, त्यसको बारेमा वडा कार्यालयमा निवेदन दिनुहोस्, हामी समस्या समाधान गर्न तयार छौँ ।”
वडाले आर्थिक वर्ष २०७५÷७६ का लागि ३० वटा आयोजना प्रस्ताव गरेकामा ठमेल प्रवेशद्वार निर्माण, पुरानो वडा कार्यालय भवन मर्मत, वडाभित्र सार्वजनिक स्थलमा वृद्धका लागि गोलघर निर्माण, बाटो मर्मत, सार्वजनिक शौचालय निर्माणजस्ता योजना छन् ।
कार्यक्रममा ८० वर्ष पूरा गरेका ४२ पुरुष र ७५ वर्ष पूरा गरेका ११२ महिलालाई जनही रु १२ हजार नगदसहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो । उक्त वडामा ८५३ ज्येष्ठ नागरिक, ४११ एकल महिला, १५ पूर्ण अपांगता भएका व्यक्ति र २३ आंशिक अपांगता भएका व्यक्ति बसोवास गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्