पूर्वप्रधानमन्त्री खनालद्वारा इलाम अस्पताललाई पिपिइ वितरण
पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई पिपिइ वितरण गर्नुभएको छ । स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भनेर उहाँले सो सामग्री वितरण गर्नुभएको हो । आफ्नो गृह जिल्लाको एकमात्र सरकारी अस्पतालमा उहाँले सहयोग गर्नुभयो ।
पूर्वप्रधानमन्त्री खनालले इलाम अस्पतालका प्रमुख डा प्रभु शाहलाई बिहीबार सो सामग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले इलाम अस्पतालका लागि २५ थान पिपिइ र १०० थान गगल्स वितरण गर्नुभएको हो । जिल्लामा कोरोनाविरुद्धको लडाइँका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै आउनुभएका उहाँले यसअघि समेत जिल्लाको सूर्योदय नगरपालिकालाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
उहाँले गत भदौमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहलाई ८०० थान पिपिइ र एक हजार ५०० थान सेफ्टी गगल्स प्रदान गर्नुभएको थियो । कोरोनाविरुद्धको सुरक्षाका लागि उहाँ सक्रिय हुनुहुन्छ । खनालले भर्खरै विश्वभर फैलिएको कोरोना महामारीबाट स्थानीयवासीलाई जोगिन सहज बनाउने उद्देश्यले सो सामग्री वितरण गरेको बताउनुभयो ।
खनालले चाइना इन्टरनेशनल कम्युनिकेशनल सेन्टर चीनको सहयोगमा सो सामग्री वितरण गरेको बताइएको छ । लकडाउन खुले पनि कोरनाको त्रास समाजमा अझै छ । कोरोनाबाट बच्न र बचाउन नागरिकले सुरक्षित भएर काम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #पिपिइ वितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्