एनएफपीजेद्वारा २४ औ बार्षिक उत्सबको अवसरमा ‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिताको घोषणा

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे, नेपाल) ले ‘नेपाल इन लकडाउन 2020’ फोटो प्रतियोगिता कार्यक्रमको घोषणा गरेको छ । मंगलबार संस्थाको २४ औं स्थापना दिवसको अवसर पारेर एनएफपिजे, नेपालका महासचिव प्रदीपराज वन्तले उक्त प्रतियोगिता शुरु भएको घोषणा गर्नुभएको हो ।
कोरोना कहरमा सरकारले चैत्र ११ गतेदेखि गरेको लकडानको अवधिमा खिचिएका तस्वीरहरुलाई समेटेर प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी हुनका लागि २०७६ चैत्र ११ गतेदेखि २०७७ भाद्र मसान्तसम्म खिचिएका लकडाउन सम्बन्धि फोटोहरु समावेश गर्न पाइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागीहरुले बढीमा तीन वटा फोटो समावेस गर्न सक्ने व्यवस्था मिलाईएको एनएफपीजे नेपालका महासचिव वन्तले जानकारी दिनुभयो। प्रतियोगितामा आएका उत्कृष्ट १० फोटोहरु छनौट गरिने छ । प्रत्येक उत्कृष्ट १० विजेता फोटो पत्रकार तथा फोटोग्राफरहरुलाई जनही १० हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गर्ने महासचिव वन्तले बताउनुभयो । प्रतियोगितामा सवै नेपालीले फोटो पठाएर प्रतियोगितामा सहभागीता जनाउन सक्ने छन् ।
प्रतियोगितामा समावेस फोटोहरु निर्णायक समितिको निर्णयलाई मान्य हुने गरी नतिजा प्रकाशन गरिने संस्थाका अध्यक्ष राजेन्द्र चित्रकारले बताउनुभयो । साथै निर्णायक मण्डलहरुमा एनएफपिजेका संस्थापक अध्यक्ष तथा वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्की, एनएफपिजेका पूर्व अध्यक्षहरु मिनरत्न बज्राचार्य, विकास रौनियार, कविन्द्रमान शाक्य, राजभाइ सुवाल र ३६० म्यागाजिनका सम्पादक चारु चड्डा रहनु हुनेछ ।
फोटो पठाउँदा पालना गर्नु पर्ने शर्तहरुः
- फोटो १२ ह १८ इन्चको ३०० रिजोलुसनको हुनु पर्ने छ ।
- फोटोको स्पष्ट विवरण उल्लेख हुनु पर्ने छ ।
- फोटो लकडाउन अवधिभर २०७६ चैत्र ११ गते देखी ०७७ भाद्र मसान्त सम्मको हुनु पर्ने छ ।
- फोटो नेपालमा र नेपालीले खिचेको हुनुपर्ने छ ।
- प्रतियोगितामा समावेस भएका फोटोहरुको बौद्धिक सम्पती हकदावीको जिम्मेवारी स्वयम् फोटोग्राफरमा हुने छ ।
- प्रतियोगितामा समावेस गरिएको फोटो अनावश्यक सम्पादान गरिएको पाइएमा मान्य हुने छैन ।
- फोटो पठाउने अन्तिमितिः– फोटो प्रतियोगितामा सहभागी हुने अन्तिम मिति २०७७ साल असोज मसान्त सम्म ।
थप जानकारीकालागी
९८५१०४४८३५
९८४१८९५८११
९८४१८५१९२५
क्याटेगोरी : विशेष, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्