पासाङल्हामु राजमार्गमा बस सेवा पुनःसञ्चालन
पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाखण्डमा बस सेवा पुनः सञ्चालन भएको छ । जिल्ला ट्राफिक कार्यालय रसुवाका अनुसार एक यात्रुवाहक बस र दुई सुमो जीप दैनिक ओहोरदोहर हुन थालेको छ ।
गाडीको क्षमता क्रमशः ३० र १० भए पनि जनाको भए पनि यात्रुको सङ्ख्या भने बढीमा दश र चार मात्र देखिएको ट्राफिक प्रहरी इञ्चार्ज इन्द्रबहादुर घिसिङले जानकारी दिनुभयो । अबका दिनमा बढ्न सक्ने सवारी साधन चापलाई ध्यानमा राखी ट्राफिक व्यवस्थापन मजबुत पारिसकिएको बताइएको छ ।
लामो दूरीको यातायात सञ्चालन गर्ने सरकारको निर्णय क्रमिक रूपमा कार्यान्वयन हुन थालेपछि अन्यत्र स्थानमा रोकिएका ग्रामीणवासी आफ्नो थातथलोतर्फ फर्किन थालिसकेको स्थानीयवासी टङ्कप्रसाद ढकालले जानकारी दिनु भयो । कोभिड–१९ रोकथामका लागि यात्रुले स्वास्थ्यको मापदण्ड पूरा गरेको देखिएको बताइएको छ ।
कोरोना नियन्त्रणका लागि लामो समयदेखि बन्द सार्वजनिक यातायात सेवाको सुरक्षा र यात्रामा यात्रुले गर्न सक्ने गैरकानूनी क्रियाकलाप रोक्न आवश्यक सुरक्षा जनशक्ति परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो । पासाङल्हामु राजमार्गका अधिकांश स्थान लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले सवारी साधनमा यात्रा गर्ने यात्रु वा अन्य मालवाहक सवारी चालकलाई सबै सामग्री सुरक्षा जाँचचौकीमा परीक्षण गराउनसमेत आग्रह गरिएको निकुञ्जले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पासाङल्हामु राजमार्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्