सिलिचोङ्ग पहिरो पीडितलाई अरुण तेश्रोको १० लाख सहयोग

संखुवासभामा निर्माणाधिन ९०० मेघावाटको अरुण तेश्रो आयोजना एसएपिडिसी, जेपी एसोसियटर्स र पट्टेल ईन्जिीनियरिङ्गका कर्मचारीले सिसुवाका पहिरो पीडितलाई १० लाख रुपैयाँ सहयोग गरेका छन् । सिलिचोङ्ग गाउँपालिका १ को बेसिन्दाका पहिरो पीडितलाई एसएपिडिसी, जेपी एसोसियटर्स र पट्टेल ईन्जिीनियरिङ्गका कर्मचारीले १० लाख रुपैयाँ सहयोग गरेका हुन् । उक्त रकम कम्पनीका तर्फबाट एसजेपीडिसीका प्रतिनिधि आरसी सुलेरियाले प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभयो । प्रजिअ आचार्यले पनि चेक गाउँपालिका अध्यक्ष राम कुलुङ्गलाई हस्तान्तरण गर्नुभएको छ ।
प्रजिअ आचार्य र गाउँपालिकाका अध्यक्ष कुलुङ्गले यो रकमले पीडितलाई निक्कै राम्रो राहत मिल्ने बताउनुभयो । यो रकम गाउँपालिकाले निर्णय गरेपछि खर्च गर्ने पनि कुलुङ्गले बताउनुभयो । प्रजिअ आचार्य र अध्यक्ष कुलुङ्गले सहयोगी एसएपिडिसी, जेपी एसोसियटर्स र पट्टेल ईन्जिीनियरिङ्गका कर्मचारीलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।
अरुण तेस्रोको प्रभावित क्षेत्र समेत रहेको सिलिचोङ्ग गाउँपालिका १ बेसिन्दा गाउँमा गएको असार २८ गते राति पहिरो गएको थियो । उक्त पहिरोले बेसिन्दाका ९ घर बगाएको थियो भने ११ जना बेपत्ता छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #अरुण तेश्रो, #पहिरो, #संखुवासभा, #सिसुवा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्