सेनाद्वारा ९० शैय्याको आइसोलेशन कक्ष बनाइने
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले कोरोना सङ्क्रमण लक्षण देखापरेका व्यक्तिलाई तत्काल उपचार सेवा प्रदान गर्न नेपाली सेनाका विभिन्न ब्यारेकमा ९० शैय्याको आइसोलेशन कक्ष स्थापना गर्ने निर्णय गरेको छ ।
सङ्क्रमण भएका र लक्षण देखिएका बिरामीलाई भर्ना गरी उपचार सेवा पु¥याउने उद्देश्यले सो आइसोलेशन कक्ष स्थापना गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो । सोही बैठकले मध्यपृतना मुख्य कार्यालय सुपारेटार, दलगण चित्लाङ, नं एक जगदलगण सुनाचुरी, काली इञ्जिनीयरिङ दलगण भैँसे, पुरानो गोरखगण सुपारेटार, नं ३ कुलेखानी, भीमफेदीस्थित प्लाष्टिक उद्योग र छतिवन ब्यारेकमा पनि छुट्टाछुट्टै आइसोलेशन कक्ष स्थापना गर्ने निर्णय गरेको छ ।
सोही बैठकले नेपाली सेनाद्वारा सञ्चालन गर्न लागिएको आइसोलेशन कक्षमा सङ्क्रमण देखिएका बिरामीलाई सेनाकै चिकित्सकबाट सेवा उपलब्ध गराउने र अति गम्भीर प्रकृतिका बिरामीलाई आवश्यकतानुसार चितवन वा वीरगञ्जतर्फको कोभिड अस्पतालमा उपचार गर्न पठाउने निर्णय गरेको सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो । बैठकमा जिल्लाका विभिन्न स्थानमा आगामी असोजको पहिलो हप्तादेखि यातायात सञ्चालन गर्न आवश्यक कार्यतालिका तयार गरी ल्याउन नारायणी यातायात व्यवसायी सङ्घलाई सुझाव दिइएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्