Techie IT
मंगलबार, असार १७,२०८२

पहिरामा बेपत्ता वृद्धको शव फेला


अविरल वर्षाका कारण आएको पहिराले घर पुरिँदा बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ ।

बागलुङकोे जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा पहिराले घर पुरिँदा बेपत्ता भएका ६१ वर्षीय हरिकृष्ण पौडेलको शव करिब पाँच घण्टाको प्रयासपछि आज बिहान फेला परेको हो । मृतक पौडेल परिवारका पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनुभयो ।

स्थानीयवासी तथा प्रहरीको सक्रियतामा पुरिएको घरबाट उनको शव निकालिएको हो । पहिराले मृतक पौडेलसहित पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री र तारादेवी क्षेत्रीको घर पूर्णरुपमा क्षति भएको छ । –––


क्याटेगोरी : समाचार
ट्याग : #landslid


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:10 am7:04 pm +0545