सिन्धुपाल्चोक पहिरो : पाँचको शव निकालियो, ३१ बेपत्ता
बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका पाँच जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । दुई जनाको सनाखत हुन बाँकी छ ।
पहिरामा पुरिएर ३१ जना बेपत्ता भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवा उद्धारमा खटिएका छन् । पहिरामा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ । सभामुख सापकोटा पहिरोस्थलमा सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुग्नुभएको छ । उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुग्नुभएको हो । उहाँसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायत नेताहरु पनि घटनास्थल पुग्नुभएको छ । लिदीका पहिरो पीडितलाई सहयोग गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए एनसिसी० नेदरल्यान्डसले जुगल गाउँपालिका–२ स्थित लिदीका पहिरा पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
एनसिसी नेदरल्यान्डसले सङ्कलन गरी पठाएको रु दुई लाख १८ हजार ५२६ पहिरो पीडितको अस्थायी बस्ती बासखर्क पुगेर सङ्घका आइसिसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गर्नुभयो । उहाँले वडाध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा एनआरएनएका तर्फबाट बहराइनका पूर्वअध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङ पनि सहभागी हुनुहुन्थ्यो । सो अवसरमा उपाध्यक्ष लामाले एनआरएनएले यो रकम पहिरा पीडितहरुको जीविकोपार्जनमा खर्च गरियोस् भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको बताउनुभयो ।
सङ्घले यसअघि पनि यही ठाउँमा आएर पाँच लाख सहयोग गरेको जनाउँदै उहाँले सो सहयोग तत्काल वितरण गरी पीडितहरुको आवश्यकताअनुसार खर्च गर्न पनि आग्रह गर्नुभयो । वडाध्यक्ष लामाले नेदरल्यान्डसबाट सहयोग रकम सङ्कलन गरी पठाउनुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै उपलब्ध रकम पीडितहरुको आवश्यकताअनुसार खर्च गरिने जानकारी दिनुभयो ।
जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकामा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने दुईजना अझै बेपत्ता छन् । सीता सापकोटाको पहलमा एनआरएनए एनसिसी नेदरल्यान्डसबाट सङ्कलित रकम लिदी पठाइएको हो । त्यस्तै एनआरएनएए नेदरल्यान्डसका अध्यक्ष श्रीराम कँडेलले लिदी पहिरो पीडितसँगै नेपालको बाढीपहिराका कारण अत्यधिक प्रभावित क्षेत्र अछाम र म्याग्दीमा पनि दुई र दुई लाख राहत सहयोग पठाइसकेको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #landslide update
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्