कोरोना महामारीमा महिला पत्रकारको सुरक्षा र भूमिका विषयक भर्चुअल अन्तरक्रिया
भदौ २७, काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय महिला समितिको आयोजनामा “कोरोना महामारीमा महिला पत्रकारको सुरक्षा र भूमिका” विषयमा भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले जस्तोसुकै परिस्थितिमा पेशाबाट विचलित नहुन आग्रह गर्नुभयो । उहाँले पत्रकारको समस्यालाई संस्थागत रुपमा हल गर्ने भन्दै जोखिममा रहेका समुदायको आवाजलाई उजागर गर्नु आवश्यक रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघकी सचिव तथा महिला समिति संयोजक लक्ष्मी पुनले कोरोना माहामारीको हालको अवस्थामा महिला पत्रकारको अवस्था र पेशागत सुरक्षाका बारेमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले नेपाल पत्रकार महासंघ प्रदेश, जिल्ला, प्रतिष्ठान तथा एसोसियट शाखा उपाध्यक्षहरुलाई समेटेर कोरोनाको समयमा महिला पत्रकारको मानसिक तथा शारिरिक स्वास्थ्य महत्वपूर्ण भएको बताउदै यो विषयमा चर्चा गरिएको उल्लेख गर्नुभयो ।
महासंघका सचिव प्रकाश थापाले कोरोना माहामारीलाई जितेर अगाडी बढ्न सबै पत्रकार आम नागरिक भन्दा जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विषेशज्ञ डा.शेरबहादुर पुनले कोरोना संक्रमणबाट बेच्ने उपाएका बारेमा आफ्ना धारणा राख्नुभयो ।
यस्तै,मानसिक स्वास्थ्य परामर्श विद डा.करुणा कुवँरले कोरोना कालमा मानसिक स्वास्थ्यका लागि सचेत रहन आग्रह गर्नुभयो । सिभिल बैंकका कार्यकारी प्रमुख गोविन्द गुरुङले बैकल्पिक आयआर्जनका बारेमा बैंकहरुले ल्याएको नयाँ योजना बारेमा जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश समिति तथा जिल्ला शाखाका उपाध्यक्षहरुले आफ्नो प्रदेश तथा जिल्लामा कोरोना माहामारीका कारण उत्पन्न समस्याका बारेमा रिपोटिङ गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्