रोटरी क्लब अफ काठमाडौं नर्थको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं ।रोटरी क्लब अफ काठमाडौं नर्थको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज भाद्र २७ गते शनिबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको भद्रवासमा अवस्थित मनास्लु वल्र्ड स्कुलको प्राङ्गढमा उक्त कार्यक्रमा सम्पन्न भएको हो ।
रेडक्रस सोसाइटी संगको समन्वयमा सञ्चालन भएको उक्त रक्तदन कार्यक्रममा जया मल्पिटपल क्याम्पस मकलबारी , त्रवेणी युथ क्लब भद्रबास ,हजुरको त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लि. ,त्रियोकाब बचत र तथा ऋण सहकारी संस्था लि.ले सह –आयोजकको रुपमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा १८ देखी ५० वर्ष उमेर समुहका ४५ जना महिला तथा पुरुषहरुले रक्तदान गरेकाले ४५ पाउण्ड रगत संकलन गरेको आयोजक संस्था रोटरी क्लब अफ काठमाडौं नर्थका अध्यक्ष गौतम प्रसाद खनालले जानकारी दिए । १८ जना इच्छुक रक्तदाताले भने कम रक्तचाप, उच्च रक्तचाप , कम तौल जस्ता विविध कारणले गर्दा रक्तदान फर्म रद्द भएको र रक्तदान गर्न नपाएको बताएका थिए ।
रक्तदान कार्यक्रममा रगत संकलनमा खटिएका रेडक्रसका ल्याब टेक्िनसियन रमेश उपाध्यायका अनुसार एउटा स्वस्थ व्यक्तिले तीन तीन महिनामा रक्तदान गर्न सक्ने र निकालिएको एक पाउण्ड रगत परिपूर्ति हुनलाई कम्तिमा एक हप्ता लाग्ने गर्दछ ।भने रक्तदान गर्नेको तौल ४० केजी भन्दा बढी हुनु पर्दछ । १८ देखी ५५ उमेर समुहका स्वाथ्य जो कोही व्यक्तिले रक्तदान गर्न सक्ने उपाध्यायको भनाइ छ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि कृष्णहरी थापा र काठमाडौं नर्थका अध्यक्ष खनालद्दारा आयोजक संस्थाका सदस्य रोटरियन सिता पौडेल (अर्चना)लाई रक्तदान व्याग हस्तान्तरण गरि शुभारम्भ गरिएको रक्तदान कार्यक्रममा आयोजक संस्था तथा कार्यक्रमका संयोजक श्याम नगरकोटिले १५२ औं पटकको रक्तदान गरेको बताए ।
रगत दान गर्नू भनेको जिवनदान गर्नू सरह हो भन्ने मान्यतालाई मनन गरि कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यसबाट बच्ने स्वास्थ्यका मापदण्डको सक्दो पालना गरि रक्तदान कार्यक्रम सम्पन्न गरिएको सह –आयोजक मध्येका मनास्लु वल्र्ड स्कुलका संस्थापक तथा म्यानेजिङ डिरेक्टर दिनेश घिमिरेले बताए ।
कार्यक्रममा उपस्थित अतिथिहरुलाई आयोजकको तर्फबाट मायाको चिनो र रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा भद्रबासमा निकट भविश्यमा रोटरी कम्युनिटि कोरप (आरसीसी )गठन गर्नेबारे स्थानियसँग वृहत छलफल गरिएको आयोजक संस्थाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #रक्तदान, #रोटरी क्लब अफ काठमाडौं नर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्