मन्त्री गुरुङद्धारा कर्मचारीलाई कडा निर्देशन
काठमाडौँ, २६ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने गरी काम गर्न समाज कल्याण परिषदका कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
मन्त्री गुरुङले समाज सेवा, मानव सेवाजस्तो उत्कृष्ट कामलाई बदनाम गराउने गतिविधि देखिने गरेको उल्लेख गर्दै त्यसो हुन नदिन परिषदका कर्मचारीहरुलाई सचेत समेत गराउनु भयो ।
बिहीबार परिषदको ललितपुरस्थित केन्द्रि कार्यालयमा आयोजित वरिष्ठ कामु निर्देशक शिवकुमार बस्नेतको विदाई समारोहमा बोल्दै उहाँले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउन परिषदले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने सोचलाई अघि बढाएको स्पष्ट पार्नु भयो ।
सामाजिक संघ, संस्थाहरुलाई आत्मनिर्भर बनाउँदै अघि बढाउन सो कोषले आधार तय गर्ने परिषदका अध्यक्ष समेत रहनु भएका मन्त्री गुरुङको भनाई थियो ।
उहाँले परिषदलाई आफ्नो लक्ष्य हासिल हुने गरी काम गर्न सक्ने बनाउन आवश्यक सुझाव दिन पनि परिषदका कर्मचारीहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा मन्त्री गुरुङले योग्यता र क्षमताको आधारमा कर्मचारीहरुलाई जिम्मेवारी दिने मापदण्ड तय गरिएको उल्लेख गर्दै सोही अनुसार अघि बढन पनि परिषदका पदाधिकारीहरुको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले परिषदको कामलाई गतिशील बनाउन कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि आवश्यक सबै खालको तालिम, प्रशिक्षणलगायतका व्यवस्था गर्ने बताउनु भयो ।
कार्यक्रममा परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडाले सामाजिक उद्यमीलताको माध्यामबाट सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउने गरी आवश्यक निर्देशिका, कार्यविधि संशोधन, परिमार्जन गर्ने कामलाई अघि बढाइएको मन्त्री गुरुङलाई जानकारी गराउनु भयो ।
सदस्य सचिव पुस्कर खातीले सुशासन र परिणाममुखि कामको माध्यामबाट परिषदको कामलाई अघि बढाउने योजना तय गरिएको बताउनु भयो । कार्यक्रममा मन्त्री गुरुङले परिषदको वेबसाईटको पनि शुभारम्भ गर्नु भएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #पार्वत गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्