यसरी मनाइयो देशभर धान दिवस ( फोटो फिचर )

सिता पौडेल ( अर्चना )
काठमाडौँ । धान दिवसको अवसरमा आज देशैभरका विभिन्न स्थानमा धान रोपाइ कार्यक्रम मनाइएको छ ।
असार महिना ‘मानो रोपेर मुरी फलाउने दिन । अर्थात आज असार १५, धान दिवस । ‘धान उत्पादनमा बृद्धिः राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइएको छ ।
सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भयो। हरेक वर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादनमा वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको चामल आयात हुँदै आएको छ।
सरकारले चामल लगायतका खाद्यवस्तु आयात प्रतिस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि चालू आर्थिक वर्ष ०७४/७५ मा साढे २४ अर्ब रुपैयाँको चामल आयात भएको छ। गत वैशाखसम्म चीन, भारत, थाइल्यान्ड, जापान, इटली लगायतका मुलुकबाट २४ अर्ब ४९ करोड ८० लाखको चामल आयात भएको भन्सार विभागले जनाएको छ।
सरकारले कृषि क्षेत्र लगानी गरेअनुसार उत्पादन वृद्धि नहुँदा खाद्यान्नमा विदेशीको भर पर्नुपरेको हो। यहाँ खपत हुने खाद्यान्न उत्पादन नभएपछि चामलसहित मकै, गहुँ, कोदो, फापरलगायत भान्सामा दैनिक प्रयोग हुने ३६ अर्ब ३४ करोड ८४ लाख रुपैयाँका अनाज आयात भएको छ।
यो दिवसका अवसरमा कृषि तथा भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले कपिलबस्तुमा पुगेर धान रोपेका छन् ।
तिलौराकोटमा उनले सहभागिहरुसँग नाच्दै–गाउँदै धान रोपेका छन् । तेस्तै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि लाल बाबु पण्डित काठमाडौको जोरपाटीमा सामेल भएका थिए भने काँग्रेस सभापति शेर बहादुर देउवा भक्तपुर सामेल भएका थिए ।
\
क्याटेगोरी : समाचार
ट्याग : #धान दिवस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्