यसरी मनाइयो देशभर धान दिवस ( फोटो फिचर )
सिता पौडेल ( अर्चना )
काठमाडौँ । धान दिवसको अवसरमा आज देशैभरका विभिन्न स्थानमा धान रोपाइ कार्यक्रम मनाइएको छ ।
असार महिना ‘मानो रोपेर मुरी फलाउने दिन । अर्थात आज असार १५, धान दिवस । ‘धान उत्पादनमा बृद्धिः राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइएको छ ।
सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भयो। हरेक वर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादनमा वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको चामल आयात हुँदै आएको छ।
सरकारले चामल लगायतका खाद्यवस्तु आयात प्रतिस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि चालू आर्थिक वर्ष ०७४/७५ मा साढे २४ अर्ब रुपैयाँको चामल आयात भएको छ। गत वैशाखसम्म चीन, भारत, थाइल्यान्ड, जापान, इटली लगायतका मुलुकबाट २४ अर्ब ४९ करोड ८० लाखको चामल आयात भएको भन्सार विभागले जनाएको छ।
सरकारले कृषि क्षेत्र लगानी गरेअनुसार उत्पादन वृद्धि नहुँदा खाद्यान्नमा विदेशीको भर पर्नुपरेको हो। यहाँ खपत हुने खाद्यान्न उत्पादन नभएपछि चामलसहित मकै, गहुँ, कोदो, फापरलगायत भान्सामा दैनिक प्रयोग हुने ३६ अर्ब ३४ करोड ८४ लाख रुपैयाँका अनाज आयात भएको छ।
यो दिवसका अवसरमा कृषि तथा भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले कपिलबस्तुमा पुगेर धान रोपेका छन् ।
तिलौराकोटमा उनले सहभागिहरुसँग नाच्दै–गाउँदै धान रोपेका छन् । तेस्तै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि लाल बाबु पण्डित काठमाडौको जोरपाटीमा सामेल भएका थिए भने काँग्रेस सभापति शेर बहादुर देउवा भक्तपुर सामेल भएका थिए ।







\
क्याटेगोरी : समाचार
ट्याग : #धान दिवस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्