तारकेश्वरमा एकैदिन २० जना कोरोना संक्रमित
। तारकेश्वर नगरपालिकामा बुधबार एकैदिन कोरोना संक्रमित २० जना थपिएका छन्।
नगरमा हालसम्म ५५ जना निको भएका छन्। संक्रमितमध्ये १ सय १० जना होम आइसालेसन, ३० जना अस्पताल आइसोलेसन, २५ जना कोभिड सेन्टर, १ जना होटल आइसोलेसनमा रहेका छन। संक्रमितको संख्या १ सय ४७ पुगेको छ। हालसम्म नगरका ८ सय ९३ जनाको पिसीआर परीक्षण गराएको छ भने ७५ जनाको कन्ट्याक ट्रेसिङ गर्दा देखिएको शाखाले जानकारी दिएको छ ।
कोरोना संक्रमित संख्या २ सय २३ पुगेको छ। नगरको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार सबैभन्दा बढी मनमैजु–१० मा ६० र सबैभन्दा कम फुटुङ– ७ मा २ जनामा कोरोना फैलिएको छ। त्यस्तै, नेपालटार–११ मा ३५, मनमैजु–८ मा २४, गोलढुङ्गा–४ मा २२, गोलढुंगा–५ मा १८, मनमैजु– ९ मा २७, काभ्रेस्थली–२ मा १४, जितपुरफेदी–३ मा ७, साङ्ला–१ मा ६ र धर्मस्थली–६ मा ८ जनामा कोरोना संक्रमण फैलिएको शाखाले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना, #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्