धुन्चेमा पहिरोले कन्टेनर र जिप बगायो
अविरल वर्षासँगै आएको पहिरोले रसुवामा आज साँझ मालवाहक कन्टेनर र जिप बगाएको छ ।
पासाङ ल्ह्यामु राजमार्गको कालिकास्थान–धुन्चे सडकखण्डअन्तर्गत कालिका गाउँपालिका–१ स्थित राम्चेमा वर्षासँगै आएको पहिरोले मालवाहक कन्टेनर र जिप बगाएको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरतकुमार थापाले जानकारी दिनुभयो ।
चीनको केरुङबाट स्याउ लिएर काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७५९० नंको कन्टेनर र नुवाकोटबाट धुन्चे जाँदै गरेको बा १५ च २७३५ नंको जिपलाई पहिरोले बगाएकाले उद्धारको प्रयास भइरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार पहिरोले सडक अवरुद्ध भएपछि रोकिएका उक्त दुई गाडी बगाएपनि त्यसमा सवार यात्रु ओर्लिएको समयमा परेकाले सबैजना सुरक्षित रहेका छन् । पहिरोले सडक अबरुद्ध बनाएपछि चीनसँग सञ्चालनमा रहेको एकमात्र व्यापारिक मार्ग बन्द भएको छ ।
वेत्रावतीबाट सिधै रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबँेसी सडकखण्ड गत चैत ३० देखि सञ्चालनमा आएपनि पहिरो र सुरक्षाको कारण देखाएर यातायात सञ्चालनमा रोक लगाइँदा दुई देश जोड्ने सडक मार्ग ठप्प भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #धुन्चेमा पहिरो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्