एसपी गुरुङको सफलता : सट्टेबाजी थाप्ने कार्यमा संलग्न चार जना पक्राउ
"लागूऔषध सहित दुई जना पक्राउ"
चितवन प्रहरीले (सिपिएल टी–२०) क्रिकेटमा सट्टेबाजी थाप्ने चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपुरको गैंडाकोट नगरपालिका वर्डा नम्बर २ बस्ने बर्ष २८ को सविन कँडेल, सोही ठाउँ बस्ने बर्ष ३४ को राजेश सिग्देल, भरतपुर महानगरपालिका वर्डा नम्बर ७ बस्ने बर्ष २१ को रिनाज आचार्य, र सोही ठाउँ बस्ने बर्ष २८ को सन्जिल लामिछाने रहेका छन् । उनीहरुको साथबाट प्रहरीले नगद रु. एक लाख ७२ हजार पाँच सय रुपैयाँ र सट्टेबाजीका लागी प्रयोग भएको मोबाइल समेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङ्गका अनुसार वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिगमा इन्टरनेट ब्राउजर डाइमन्डएक्सचेन्ज डटकम लगायत विभिन्न युआरएलहरूको समेत प्रयोग गरेर सट्टेबाजी थाप्ने कार्यमा संलग्न रहेका उनीहरुलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको बताए ।
एसपी गुरुङले भने, बिभिन्न ब्रोकर मार्फत आ-आफ्नो व्यक्तिगत खाता बनाई सोही खातामा रकम जम्मा गराई बाजी राख्ने गरेको छ भन्ने विशेष सुराकी आधारमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार र आइतबार जिल्लाको विभिन्न स्थानहरुबाट पक्राउ गरेेेको हो ।
साथै, उनले पक्राउ परेकाहरुमाथि सट्टेबाजी मुद्दा (सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्ध कसूर) मा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको समेत बताए ।
लागूऔषध सहित दुई जना पक्राउ ।
यसैबीच, चितवन प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रत्ननगर नगरपालिका वर्डा नम्बर २ बस्ने बर्ष २५ को किशोर शाह र स्याङ्जा गल्याङ नगरपालिका वर्डा नम्बर १ घर भई हाल चितवन खैरहनी नगरपालिका वर्डा नम्बर १ बस्ने बर्ष ४२ को राजेश बस्याललाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले लागूऔषध डाइजेपाम ४३ एम्पुल, फेनारगन ३८ एम्पुल, नुफिन ३९ एम्पुल बरामद गरेको छ ।
भरतपुर महानगरपालिका वर्डा नम्बर ११ भोजाड चोकमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा प्रहरी चौकी भोजाड बाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिइ शरीर खानतलासी गर्दा उनीहरुको साथबाट प्रहरीले लागूऔषध बरामद गरेको हो ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ । पछिल्लो समय निषेधाज्ञाको समयमा समेत चितवन प्रहरी अपराध र अपराधी बिरुद्व निक्कै आक्रमक देेेखिएका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
ट्याग : ##चितवन #नेपालप्रहरी, ##नान्तीराजगुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्