संखुवासभामा पनि फुड–बैंक सुरु, ४ सय १९ जनाले पाए राहत
नेपाल तरुण दल क्षेत्रिय कायसमिति क्षेत्र नं १ ले सनिवार संखुवासभाको खाँदबारी ९ तुम्लिङटारमा हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं कार्यक्रम संचालन गरि राहत बितरण कार्यक्रम शुरु गरेको छ ।
हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं भन्ने नाराका साथ संचालन गरिएको राहत संकलन तथा बितरण कार्यक्रममा नेपाली काँग्रेसका भात्रि तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेको थियो ।
हुनेले दिएको राहत सामग्री कोभिड १९ का कारण लामो समय देखिको लकडाउनबाट जिबिकोपार्जनमा समस्या भएकाललाई राहत स्वरुप उपलब्ध गराईएको नेपाल तरुण दल क्षेत्रीय कार्यसमितिका सभापति उमेश चौहानले जानकारी दिए । खाँदबारी ९ का ४ सय १९ जनालाई प्रतिब्यक्ती ५ केजी चामल, १ पोका तेल, १ केजी नुन, दाल र माक्स बितरण गरिएको नेपाल तरुण दल क्षेत्रीय कार्यसमितिका सदस्य ईश्वरकाजी कटुवालले जानकारी दिए । आयोजक नेपाल तरुण दल क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ ले राहत बितरण कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने उनले बताए ।
बिपदको यस घडिमा बिपन्न र असक्तलाई सहयोग गर्न सबैसमक्ष आग्रह गर्दै शुरु गरिएको अभियानको आज पहिलो दिन संखुवासभाका बिभिन्न स्थानमा रहेका ४ सय १९ बिपन्न र मजदुर परिवारलाई राहत उपलब्ध गराईएको क्षेत्रिय सभापति उमेश चौहानको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना भाइरस, #राहत, #लकडाउन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्