संखुवासभामा पनि फुड–बैंक सुरु, ४ सय १९ जनाले पाए राहत
नेपाल तरुण दल क्षेत्रिय कायसमिति क्षेत्र नं १ ले सनिवार संखुवासभाको खाँदबारी ९ तुम्लिङटारमा हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं कार्यक्रम संचालन गरि राहत बितरण कार्यक्रम शुरु गरेको छ ।
हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं भन्ने नाराका साथ संचालन गरिएको राहत संकलन तथा बितरण कार्यक्रममा नेपाली काँग्रेसका भात्रि तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेको थियो ।
हुनेले दिएको राहत सामग्री कोभिड १९ का कारण लामो समय देखिको लकडाउनबाट जिबिकोपार्जनमा समस्या भएकाललाई राहत स्वरुप उपलब्ध गराईएको नेपाल तरुण दल क्षेत्रीय कार्यसमितिका सभापति उमेश चौहानले जानकारी दिए । खाँदबारी ९ का ४ सय १९ जनालाई प्रतिब्यक्ती ५ केजी चामल, १ पोका तेल, १ केजी नुन, दाल र माक्स बितरण गरिएको नेपाल तरुण दल क्षेत्रीय कार्यसमितिका सदस्य ईश्वरकाजी कटुवालले जानकारी दिए । आयोजक नेपाल तरुण दल क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ ले राहत बितरण कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने उनले बताए ।
बिपदको यस घडिमा बिपन्न र असक्तलाई सहयोग गर्न सबैसमक्ष आग्रह गर्दै शुरु गरिएको अभियानको आज पहिलो दिन संखुवासभाका बिभिन्न स्थानमा रहेका ४ सय १९ बिपन्न र मजदुर परिवारलाई राहत उपलब्ध गराईएको क्षेत्रिय सभापति उमेश चौहानको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना भाइरस, #राहत, #लकडाउन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्