बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बिरही पक्राउ
"बम विस्फोट मुद्दामा धनुषा लैजाँदै"

प्रतिबन्धित बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रकाशन विभागका पूर्व इन्चार्ज अनिल शर्मा ‘विरही’ शनिबार पक्राउ परेका छन् । उच्च रक्तचाप, मधुमेहका बिरामी समेत रहेका नेता शर्मालाई घरको भर्याङबाट लडेर चोटपटक लागेपछि भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार गर्दागर्दै गत बैशाख २३ गते पक्राउ गरेको थियो ।
शर्माका पक्षबाट जिल्ला अदालत चितवनमा दायर रिटउपर भएको बहसमा अदालतले उनलाई थुनामा राख्नुपर्ने कुनै कारण नभएकोले छाड्न आदेश दिदै उपचारका लागी अस्पताल पठाए पनि प्रहरीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो । बिरामी समेत रहेका शर्माको स्वास्थ्य अवस्थालाइ ख्याल गर्दै चितवन जिल्ला अदालतले साधारण तारेखमा रिहा गरि स्वास्थय अवस्था सामान्य नभएसम्म पुन पक्राउ नगर्न आदेशसम्म दिएको थियो ।
तर, अदालतको निर्णय समेतलाई अवज्ञा गर्दै चितवन प्रहरीले शर्माविरुद्ध धनुषामा अर्को मुद्दा रहेको भन्दै गिरफ्तार गरेको छ । शर्मालाई नियन्त्रणमा लिएर बम बिस्फोटन तथा कर्तव्यज्यान अन्तर्गत मुद्दा चलाउन धनुषा लगिएको स्रोतले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #चितवन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्