बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बिरही पक्राउ
"बम विस्फोट मुद्दामा धनुषा लैजाँदै"
प्रतिबन्धित बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रकाशन विभागका पूर्व इन्चार्ज अनिल शर्मा ‘विरही’ शनिबार पक्राउ परेका छन् । उच्च रक्तचाप, मधुमेहका बिरामी समेत रहेका नेता शर्मालाई घरको भर्याङबाट लडेर चोटपटक लागेपछि भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार गर्दागर्दै गत बैशाख २३ गते पक्राउ गरेको थियो ।

शर्माका पक्षबाट जिल्ला अदालत चितवनमा दायर रिटउपर भएको बहसमा अदालतले उनलाई थुनामा राख्नुपर्ने कुनै कारण नभएकोले छाड्न आदेश दिदै उपचारका लागी अस्पताल पठाए पनि प्रहरीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो । बिरामी समेत रहेका शर्माको स्वास्थ्य अवस्थालाइ ख्याल गर्दै चितवन जिल्ला अदालतले साधारण तारेखमा रिहा गरि स्वास्थय अवस्था सामान्य नभएसम्म पुन पक्राउ नगर्न आदेशसम्म दिएको थियो ।
तर, अदालतको निर्णय समेतलाई अवज्ञा गर्दै चितवन प्रहरीले शर्माविरुद्ध धनुषामा अर्को मुद्दा रहेको भन्दै गिरफ्तार गरेको छ । शर्मालाई नियन्त्रणमा लिएर बम बिस्फोटन तथा कर्तव्यज्यान अन्तर्गत मुद्दा चलाउन धनुषा लगिएको स्रोतले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #चितवन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्