नागार्जुन नगरपालिकामा कोरोना संक्रमितको संख्या १२२
काठमाडौं । नाागार्जुन नगरपालिकामा कोरोना संक्रमितको संख्या १२२ पुगेको छ । अहिलेसम्म १८ निको भएका छन् । नागार्जुन नगरपालिकाको अनुसार १०४ जना सक्रिय संक्रमितको अवस्था रहेको छ । जसमा ८७ पुरुष र ३५ महिला रहेका छन् । २ जना सम्पर्क विहिन भएका छन् । ४४ जना होम आइसोलेसनमा रहेका छन् भने ५६ जना अस्पतालमा रहेका छन् । नागार्जुनमा अहिलेसम्म २ जनाको मृत्यु भएको छ ।
नागार्जुन नगरपालिकामा नगर प्रमुख र वडा अध्यक्षमा पनि कोरोना संक्रमण भएको छ । नगर प्रमुख मोहन बहादुर बस्नेत र वडा अध्यक्ष राजेन्द्र बुढाथोकीको हिजो स्टार हस्पिटलमा पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिएको थियो ।
नागार्जुन वडा नं. १ मा कोरोना संक्रमितको ६ जनामा २ जना निको भएका छन् । वडा नं. २ मा ११ जना छन् जसमा ४ जना निको भएका छन् । वडा नं. ३ मा ३९ जना रहेका छन भने १ जना निको भएका छन् । वडा नं. ४ मा ३३ जना कोरोना संक्रमित रहेका छन् जसमा १० जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ ।
त्यस्तै वडा नंं. ५ मा १२ जना संक्रमित छन् भने १ जनाको मृत्यु भएको छ । वडा नं. ६ मा ७ जनामा कोरेना संक्रमण देखिएको छ । वडा नं. ७ मा ५ जना कोरोना संक्रमित रहेका छन् । वडा नं. ८ मा १ जना कोरोना संक्रमित रहेका छन् । वडा नं. ९ मा ६ जना कोरोना संक्रमित भएका छन् । वडा नं. १० मा २ जना जसमा १ जना निको भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुन नगरपालिकामा कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्