युवा नेता न्यौपानेको पहलमा टीकापुरमा स्वास्थ्य सामाग्री
काठमाडौँ, १७ भदौ ः टीकापुरका युवा नेता द्धारिका न्यौपानेको पहलमा स्वास्थ्य सामाग्री टीकापुर पठाइएको छ ।
टीकापुर क्षेत्रमा कोरोना भाइरस (कोभिड १९)को रोकथाम र नियन्त्रणका लागि सामागी पठाइएको हो ।
नेकपाका जिल्ला कमिटी सदस्य समेत रहेका न्यौपाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको समन्वयमा उक्त सामाग्री टीकापुर पठाएका हुन ।
उनले कोभिड १९ को रोकथाम र नियन्त्रणमा पठाइएका स्वास्थ्य सामाग्रीले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पठाएका सामाग्री टीकापुर नगरपालिकाले कोभिड १९ को संक्रमण देखिएको वडामा प्रयोग गर्ने छ ।
सामाग्री टीकापुरका नगरप्रमुख तपेन्द्र रावलले सवै वडा कार्यालयलाई हस्तान्तरण गर्ने छन
पठाइएका सामाग्रीमा व्यक्तिगत सुरक्षा कवच (पिपिई) ७५ थान, सर्जिकल मास्क दुई हजार थान, एन ९५ मास्क ५० थान, पन्जा ५०० थान, सेनिटाइजर ५०० एमएलको २४ थान र थर्मल गन ३ वटा रहेका छन ।
नेता न्यौपानले टीकापुर क्षेत्रका जनतालाई संक्रमणबाट जोगाउन आफूले स्वास्थ्य सामाग्रीका प्रवन्ध गरिरहेको बताए । उनले मन्त्रालयसंग समन्वय गरेर पिसिआर मेसिन र अरु सामाग्री पठाउने तयारी समेत गरेको बताए ।
नेता न्यौपाने विद्यार्थी राजनीतिदेखि क्रियाशिल हुँदै आएका छन । उनले टीकापुरका जनताको सेवाम सधै तत्परता देखाउने समेत बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #टीकापुर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्