चितवनमा एकै दिन ५१ संक्रमित थपिए
चितवन । चितवनमा एकैदिन थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालमा रहेको कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधबार गरिएको परीक्षणका क्रम्मा ३८ जना र चितवन मेडिकल कलेजमा मंगलबार साँझ गरिएको परिक्षणका क्रम्मा १३ गरी ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको कलेजले आज प्रकाशित गरेको सुचनामा उल्लेख गरेको छ ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुुुरमा १४ पुरुष र १५ महिला गरी २९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुष २१ बर्ष देखी ६४ वर्ष र संक्रमित महिला ४ देखी ८० वर्ष उमेर समूहका रहेका छन् । उनीहरुको भरतपुर अस्पताल पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल र क्वारेन्टाइनबाट स्वाब संकलन गरिएको हो ।
यस्तै, रत्ननगर नगरपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य सात पुरुष र दुई महिला रहेका छन् । संक्रमित पुरुष २७ बर्षदेखी ४९ वर्ष उमेर समूहका छन् भने संक्रमित महिला २३ बर्ष देखी ३१ वर्ष उमेर समूहका रहेका छन् । उनीहरुको बकुल्हर रत्ननगर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।
त्यस्तै, खैरहनी नगरपालिकामा एक पुरुष र तीन महिला गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुषको उमेर ३३ बर्षका रहेका छन् भने महिलाको उमेर ६४ देखि ७७ बर्ष उमेरसम्मका रहेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा रहेको अवस्थामा संक्रमण भएको हो ।
त्यस्तै, कालिका नगरपालिकामा पाँच जनामा कोरोना संक्रमण संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य तीन पुरुष र दुई महिला रहेका छन् । संक्रमित पुरुष २२ बर्षदेखि २५ वर्ष उमेर समूहका छन् भने संक्रमित महिला १८ देखि ४९ वर्ष उमेर समूहका रहेका छन् ।
त्यस्तै, माडी नगरपालिकामा एक पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुष ५९ बर्षका हुन् भने महिला २९ वर्षका हुन् । उनको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।
त्यस्तै, इच्छाकामना गाउँपालिका ५ मा ३६ वर्षीया एक पुरुष र क्वारेन्टिनमा रहेकी राप्ती नगरपालिका–४ की ३३ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्