Techie IT
सोमबार, जेठ ११,२०८३

तारकेश्वरमा कोरोना संक्रमित ११५ जना पुगे


रन्जिता गदाल

तारकेश्वर, १५ भदौ । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ ।

नगरको स्वास्थ्य शाखाले तयार पारेको तथ्यांकका आधारमा ती संक्रमितमध्ये २८ जना निको भएका छन् । ८४ जना सक्रिय संक्रमितमध्ये ३८ जना कन्ट्याक्ट ट्रेसिंगबाट पोजेटिभ देखिएका हुन् । हालसम्म नगरका ६२१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

तारकेश्वर नगरको वडा नं १० मनमैजुमा सबैभन्दा धेरै ३८ जना संक्रमित भएका छन् । वडा नं ५ गोलढुंगामा १५ जना र वडा नं ४ गोलढंगामा १० जना संक्रमित भएका छन् । त्यस्तै मनमैजु ८ र मनमैजु १० मा क्रमशः १२ जना र १० जना संक्रमित भएका छन् भने वडा नं ११ नेपालटारमा १६ जनालाई कोरोना संक्रमण देखिएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्