चितवन ट्राफिकलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण
चितवन । बिश्वब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड – १९) संक्रमण विरुद्ध अग्रमोर्चामा परिचालित चितवन ट्राफिक प्रहरी कार्यालयलाई राेटरी क्लब अफ रत्ननगरले स्वास्थ्य सुरक्षा सामग्री सहयोग हस्तान्तरण गरेको छ ।
जिल्ला तथा मातहतको कार्यालयमा समेत ओहोरात्र खटिदै आएका सम्पूर्ण प्रहरी कर्मचारीहरुका लागी काेभिड-१९ काे संभावित जोखिम र आवश्यक सुरक्षा सतर्कता समेतलाई मध्यनजर गर्दै चितवन ट्राफिकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
।
रोटरी क्लब अफ रत्ननगरका पुर्व अध्यक्ष समेत रहनुभएका विपिन पाेखरेलकाे बिशेष पहलमा उक्त क्लबका अध्यक्ष शिवराज उप्रेतीले एन ९५ माक्स १०० थान, मेडिकल माक्स दुई हजार ५०० थान, पञ्जा ५ प्याकेट, स्यानिटाइजर ५ लिटर तथा फेस सिल्ड ३० थान सहयोग गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्लबले सोमबार आफूलाई सहयोग हस्तान्तरण गर्दा काममा समेत थप उर्जा मिलेको प्रहरीको भनाई छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : ##चितवन #ट्राफिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्