Techie IT
आईतबार, वैशाख २१,२०८२

नुवाकोटको ओखरपौवामा साइकलमा आएका गँजेडीद्धारा दिउँसै घर चोरी


नुवाकोटको ओखरपौवामा दिनडाहाडौ चोरी भएको छ । ओखरपौवाको जलुकीनी गाउँको शिबराम फुयाँलको घरमा चोरी भएको हो ।केही दिन अगाडी दिउँसो करिब १ बजे घरको ताल्चा फोडी ३ लाख पचास हजार रुपैया नगद र ४ तोला सुन चोरी भएको पिडित शिवराम फुयाँलले बताएका छन । आफुहरु खेतीको काममा मस्त भएको र छोरा बुहारी बजार गएको मैका पारी चोरी भएको उनी बताउछन । उनका छोरा दिनेश बजार जाने क्रममा सो गजडीहरुलाई बाटोमा भेटेको र काहाँ भनेर सोध्दा गाँजा खोज्न गाँउ पसेको दिनेश फुयाँल बताउछन ।

सो गजेडीहरु काठमाडौको डल्लुमा बस्ने गरेको र बेलाबखत साइकलमा गाउँ आउने गरेको स्थानिएको भनाई छ । गँजेडीहरुले घरमा गाजाँ खोज्ने क्रममा धनमाल चारी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । तिनपिप्ले प्रहरी बिटमा राखिएको सि.सि क्यामेरालाई समेत छली फेदी हुदै सो गजेडीहरु फरार रहेको र खोजी कार्य तिब्र बनाइएको प्रहरीको भनाई रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #ओखरपौवा, #घर चोरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
5:19 am6:41 pm +0545