काठमाडौँं महानगरपालिकाको बजेट तेह्र अर्ब
काठमाडौँं महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ को लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको छ ।
कामपाले आज यहाँ आयोजना गरेको नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख हरीप्रभा खड्गी (श्रेष्ठ)ले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
बजेटको स्रोतमा आन्तरिक आयतर्फ रु चार अर्ब ९० करोड २१ लाख ५७ हजार, बाह्य स्रोतबाट रु पाँच अर्ब १९ करोड र अन्य स्रोतबाट रु एक अर्ब चार करोड ११ लाख अनुमान गरिएको छ ।
त्यसैगरी वडास्तरमा पूर्वाधार निर्माणमा रु तीन अर्ब छ करोड २५ लाख, कार्यालय सञ्चालन र प्रशासनिक खर्चका लागि रु एक अर्ब ९३ करोड, शिक्षामा रु एक अर्ब १० करोड ४६ लाख र हनुमानढोका–स्वयम्भू जोड्ने पदमार्ग निर्माण र ढुंगेधारा संरक्षणमा रु ५१ करोड ६७ लाख विनियोजन गरिएको छ ।
कामपाले भवन निर्माण र सवारी सधान तथा अन्य सम्पत्ति खरिदमा रु दुई अर्ब ३६ करोड एक लाख, मोनोरेल, विद्युतीय बस, फ्लाइ स्काई ब्रिज, सार्वजनिक शौचालयलगायतको पूर्वसम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न रु १५ करोड १० लाख बजेट छुट्याइएको छ ।
चालू आवको तुलनामा आगामी आवको बजेट रु एक अर्वले बढी हो । कामपाले चालू आव २०७४÷७५ का लागि रु १२ अर्ब ८७ करोड ८९ लाख ४७ हजार विनियोजन गरेको थियो । चालू आवको वैशाख मसान्तसम्ममा रु तीन अर्ब २८ करोड ८४ लाख ७ हजार खर्च गरेको छ । जुन अनुमानित खर्चको २५ दशमलव ५३ प्रतिशत हो ।
त्यसैगरी चालू आवमा रु १२ अर्व ८७ करोड ९४ लाख राजस्व संकलनको लक्ष्य राखेकामा आन्तरिकतर्फ रु पाँच अर्व ४८ करोड १६ लाख र बाह्य स्रोतबाट रु सात अर्ब ३९ करोड ७८ लाख असुली गर्ने लक्ष्य लिएको थियो । चालु आवको वैशाख मसान्तसम्ममा आन्तरिक आयतर्फ रु एक अर्ब ५९ करोड ७३ लाख र बाह्यतर्फ दुई अर्व ७४ करोड ५१ लाख गरी कूल रु चार अर्ब ३४ करोड २४ लाख राजस्व असुल गरिएको छ । यो अनुमानित आम्दानीको ४२ दशमलव २७ प्रतिशत हो ।
चालू आवमा घरबहाल कर असुल गर्ने नीति स्पष्ट नभएको, ठूला करदातालाई करको दायरामा ल्याउन नसकेको, स्थानीय तहको कार्यक्षेत्र संविधानले स्पष्ट गरेपनि आवश्यक कानून समयमै तर्जुमा हुन नसकेको र करदाताको यथार्थ विवरण संकलन गर्न नसकेको कारणले गर्दा अपेक्षित राजश्व हासिल गर्न नसकिएको बताइएको छ ।
–––
क्याटेगोरी : अर्थ
ट्याग : #काठमाडौँं महानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्