बूढानिलकण्ठ भौतिक, प्राकृतिक,धार्मिक र सांस्कृतिक सम्पदाको धनि : डा भट्टराई
नेपाल कम्युनिस्ट पार्टीका कन्द्रीय सदस्य तथा नेपाल सरकारका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले बुढानिलकण्ठ नगरपालिका वडा नं २ को पन्चकन्या सामुदायिक बन तथा मन्दिरको अवलोकन गर्दै सो क्षेत्रको धार्मिक र पर्यटकीय महत्वलाई बढाउने योजना बनाउनका लागि पहल गर्ने प्रतिवादत्ता व्यक्त गरेका छन।
बुढानिलकण्ठ नगरपालिकामा भौतिक, प्राकृतिक,धार्मिक र सांस्कृतिक सम्पदाहरु धेरै रहेको बताउदै डा. भट्टराईले तिनको एकीकृत र बृहत योजना बनाउनका लागि आग्रह गर्दै डा. भट्टराईले काठमाडौं क्षेत्र नं ४ का पशुपति ,मैतीदेवी ,बुढानिलकण्ठ ,भद्रकाली ,सिद्देश्वर ,रुदेश्वर जस्ता धार्मिक सम्पदा जोड्ने प्रस्तावलाई नेपाल सरकारले सहयोग गर्ने बताएका थिए।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,उपप्रमुख रमा राई ,नगरपालिकाका सल्लाहकार सुन्दर पुर्कुटी ,नेकपा काठमाडौंका सचिवालय सदस्य विदुर विक्रम खड्का,नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी ,सचिव प्रदिप डंगोल र वडा अध्यक्षहरु सहित सो क्षेत्रमा पुगेका डा.भट्टराईले निर्वाचनमा प्रस्तुत गरेको घोषणापत्र स्मरण गर्दै काठमाडौं क्षेत्र नं ४ का जनातालाई अधिकतम सुविधा प्रदान गर्नेगरी लाग्नुपर्ने बताएका थिए।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा निर्माण गरिएको आइसोलेसन केन्द्रको निरीक्षण पश्चात पन्चकन्या मन्दिर पुगेका डा.भट्टराईले थप आइसोलेसन बेड र अन्य पूर्वाधारका लागि आवस्यक पर्ने जुनसुकै सहयोग गर्न तयार रहेको बताएका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #बुढानिलकण्ठ, #राजन भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्