चितवनमा जारी निषेधाज्ञा हटाउन निजी क्षेत्रको माग
चितवन । चितवनमा पन्ध्र दिनदेखी जारी गरिएको निषेधाज्ञा भोली सोमबारबाट हटाउनुपर्ने भन्दै विभिन्न व्यवसायहरुमा आवद्ध भएका निजी क्षेत्रका संघसंस्थाले चितवन प्रशासनको ध्यानाकर्षण गराएको छ ।
निरन्तरको लकडाउनले आपूर्ति श्रृंखला टुट्न गई मानिस रोगले भन्दा पनि भोक र व्यवसायिक तनावले अति असामान्य अवस्था सिर्जना हुन सक्नेमा निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको भन्दै निषेधाज्ञा सहितको लकडाउनको अन्य विकल्प खोज्न चितवन प्रशासनलाई ध्यानाकर्षण गराएको हो ।
आज (आइतबार) जिल्ला प्रशासन कार्यालय चितवनमा सात बुँदे ज्ञापनपत्र बुझाउँदै बैँक तथा बित्तिय संस्थामा आधा आधा कर्मचारी परिचालन गरी भीडभाड नहुने गरी बिहान र बेलुका सेवा प्रवाह गर्दै ई–बैँकिङलाई प्रोत्साहन गर्न सकिने, सम्बन्धित उद्योगको पत्र वा परिचयपत्रलाई मान्यता दिई सहज रुपमा दुई पाङ्ग्रे सवारीमा एक जना र चार पाङ्ग्रेमा अधिकतम दुई जना हिडडुल गर्न सक्ने गरी व्यवस्था गर्न निजी क्षेत्रले माग समेत गरेको छ ।
चितवनका सामुदायिक तथा संस्थागत विद्यालयहरुले विद्यार्थीको शैक्षिक शत्र खेर जान नदिई वैकल्पिक सिकाइका विधीलाई मान्यता दिई सोही अनुसार पठनपाठन गराउन विद्यार्थी भर्ना गरी शैक्षिक शुल्क उठाउन सक्ने वातावरण तयार गर्न , सार्वजनिक यातायातको हकमा निषेधाज्ञा खोलिएको एक हप्तापछि यसअघि सरकारले तोकेको मापदण्ड बमोजिम सञ्चालन गर्न पनि ज्ञापनपत्रमा प्रशासनको ध्यानाकर्षण गराइएको छ ।
साथै, संस्थाले विश्वस्वास्थ्य संघ र विज्ञहरुले कोरोनाको जोखिम दुई वर्षसम्म रहन सक्ने बताएको भन्दै वैकल्पिक स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गदै आर्थिक गतिविधि चलायमान बनाउन समेत माग गरेको छ ।
ज्ञापनपत्र बुझाउने क्रम्मा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ,नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेल, पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष ऋषी राम पौडेल, चेम्बर अफ कमर्स चितवनका उपाध्यक्ष गोपाल भट्टराई ,चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, पूर्व अध्यक्षज्यूहरु हरि प्रसाद सुवेदी, तारा प्रसाद पौडेल, उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्षद्वय महेन्द्रलाल प्रधान , मित्रराज दुवाडी, चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कँडेल, चेम्बर अफ कमर्सका सचिव मनोज विष्ट, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल लगायतको उपस्थिति रहेको थियो ।

क्याटेगोरी : अर्थ, समाचार
ट्याग : ##चितवन #बागमती_प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्