चितवनमा कोरोना संक्रमित थप एक जनाको मृत्यु

चितवन । कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । निमोनिया भएर गत, भदौ ४ गते चितवन मेडिकल कलेजमा भर्ना भएका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), विनयी त्रिवेणी गाउँपालिका ६ का ६२ वर्षीया एक पुरुषको आज साँझ ५ः५० बजे निधन भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । ती पुरुषलाई सघन उपचार कक्षमा भेन्टिलेटरको सहायताबाट उपचार गरिएको थियो ।
आज शनिबार बिहान मात्रै चितवन मेडिकल कलेजमै बारा निजगढकी एक महिलाको समेत कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । चितवनमा हाल कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने संक्रमितको संख्या ५९८ पुगेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #चितवन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्