चितवनमा कोरोना संक्रमित थप एक जनाको मृत्यु
चितवन । कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । निमोनिया भएर गत, भदौ ४ गते चितवन मेडिकल कलेजमा भर्ना भएका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), विनयी त्रिवेणी गाउँपालिका ६ का ६२ वर्षीया एक पुरुषको आज साँझ ५ः५० बजे निधन भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । ती पुरुषलाई सघन उपचार कक्षमा भेन्टिलेटरको सहायताबाट उपचार गरिएको थियो ।
आज शनिबार बिहान मात्रै चितवन मेडिकल कलेजमै बारा निजगढकी एक महिलाको समेत कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । चितवनमा हाल कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने संक्रमितको संख्या ५९८ पुगेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #चितवन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्