बालाजु वृत्तका डिएस्पी खड्का उत्कृष्ट प्रहरी अवार्डबाट सम्मानित

राधेश्याम तिमलसिना ( पुकार)
काठमाडौँ ।महानगरिय पैहरी बृत बालाजुका डिएसपी बिश्वराज खडेका सम्मानित भएका छन । महानगरीय प्रहरी परिसरले जेठ महिनाको कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका ८ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । यस्तै महाराजगञ्ज वृत्तका डिएसपी योगेन्द्रसिंह थापाले पाएका छन्। उनीहरुले पेश गरेका कार्यविवरणको मूल्याङकनको आधारमा खड्का र थापालाई संयुक्त रुपमा दिने निर्णय भएको हो। उत्कृष्ट डिएस्पी पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ।
बंगलादेश बैंकको सहकार्यमा हरेक महिना कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका अधिकृत तथा जवानलाई छनोट समितिको सिफारिसको आधारमा पुरस्कार दिने गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।
त्यस्तै इन्सपेक्टरतर्फ कोटेश्वर प्रभागका राजु लामा र नागढुंगा प्रभागका केशब भट्टलाई संयुक्त रुपमा दिने निर्णय भएको छ। उत्कृष्ट इन्सपेक्टर पुरस्कारको राशी ३५ हजार रुपैयाँ छ।
उनीहरुलाई परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेल र नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले पुरस्कार वितरण गरेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #बिश्वराज खडेका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
तपाईको कमेन्ट लेख्नुहोस्