Techie IT
शुक्रबार, वैशाख १८,२०८३

मुख्य मन्त्री डोरमणी पौडेलद्वारा टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको निरीक्षण


शोभा तामाङ
भदौ १३ काठमाडौं, बढ्दो कोरोना संक्रमणको कारण बढ्दो संक्रमितको संख्यालाई ध्यानमा राखी टोखा नगरपालिका वडा नम्बर २ मा टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको ६६ बेड्सहितको आईसोलेसन वार्ड केही दिन अघि देखि सन्चालनमा आएको थियो ।
उक्त आईसोलेसन अस्पतालको बाग्मती प्रदेशको मुख्य मन्त्री डोरमणी पौडेलद्वारा निरीक्षण भएको छ भने उक्त निरीक्षण कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य दिपक निरौला लगायत जन प्रतिनिधीहरु , स्वास्थ्य कर्मिहरु र अन्य व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
अस्पतालमा १७ जना संक्रमितहरुलाई राखिएको छ भने संक्रमितको अवस्था पनि सामान्य रहेको छ ।उनिहरुलाई आजदेखी योगाभ्यास पनि गराउन सुरु गरिएको छ । अबका दिनमा अझै यस आइसोलेसन वार्डको सिट क्षमता बढाउन मुख्यमन्त्री डोरमणिलाई प्रस्ताव राखिएको टोखा नगरपालिकाकी उपमेयर ज्ञान माया डङ्गोलले जानकारी दिनुभयो भने यश अस्पतालाई प्रदेश स्तरिय अस्पताल बनाउन पनि पहल गरिएको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारिले बताउनु भयो ।

क्याटेगोरी : समाचार
ट्याग : #चण्डेश्वरी प्राथमिक स्वस्थ्य केन्द्र


तपाईको कमेन्ट लेख्नुहोस्