खाँदबारी आईसोलेसन तोडफोडका दुई आरोपीमा पनि देखियो कोरोना
खाँदबारी । केहि दिन अघि हिमालय किरण पब्लिक क्याम्पसमा बनाईएको आईसोलेसन तोडफोडको आरोपी मध्ये २ जनामा कोरोना संक्रमण भएको पाईएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ भई हिरासतमा रहेको बर्ष ६० र ६२ का दुई पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो ।
बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख नवराज पन्तका अनुसार उनीहरु एक समुह ८२ घण्टादेखि र अर्को समुह ४१ घण्टादेखि हिरासतमा रहदै आएका छन् । उनीहरुलाई हिरासतमा रहदै संक्रमण भएको वा बाहिर नै संक्रमण भएको भन्ने यकिन नभएको जिल्ला स्वास्थ्य कार्यालयका प्रबक्ता रोषन श्रेष्ठले बताउनुभयो ।
उनीहरु बाहिर रहँदै संक्रमण भईसकेको पनि हुनसक्ने बताउनुहँदै समुदाय स्तरमा पनि कोरोना भाईरस फैलिएको हुन सक्ने प्रबक्ता श्रेष्ठले बताउनुभयो । समुदाय स्तरमा कोरोना हुन सक्ने भएकोले घरमै रहन, अत्यावश्यक काममा बाहिर निस्कदा अनिबार्य मास्कको प्रयोग गर्न स्वास्थ्य कार्यालय संखुवासभाले विज्ञप्ती मार्फत अनुरोध गरेको छ । हिरासतमा रहदै आएका दुईजनामा पनि हिजो कोरोना पोजेटिभ भेटिएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #corona update, #hot, #कोरोना पुष्टि, #कोरोना भाइरस, #कोरोना संक्रमण, #कोरोना संक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्