टोखा चंडेश्वरी स्वास्थ्य केन्द्र अस्पताल बन्ने
टोखा चंडेश्वरी स्वास्थ्य केन्द्र अस्पताल बन्ने भएको छ। हाल कोरोना संक्रमितहरुका लागि आइसोलासन केन्द्रका रुपमा रहेको सो स्वास्थ्य केन्द्रलाई बागमती प्रदेस सरकारको सहयोगमा क्षेत्र,सुविधा र सेवा विस्तार गर्दै अस्पतालका रुपमा विकास गर्ने नगर कार्यपालिकाको निर्णय अनुसार प्रदेस सरकारलाई आग्रह गरिसकेको टोखा नगरपालिकाले जानकारी दिएको छ।

काठमाडौं उपत्यकामा भक्तपुर अस्पताल संगै उक्त स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउनका लागि स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहितको टोलीले सो केन्द्रको निरीक्षण गरेको थियो।
बागमती प्रदेस सभा सदस्य दिपक निरौला ,टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारी ,उपप्रमुख ज्ञानमाया डंगोल , प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, विभिन्न वडाका अध्यक्षहरु ,स्वास्थ्य शाखाका प्रमुखको उपस्थितिमा सो केन्द्रलाई तत्काल आइसोलेसनका रुपमा प्रयोग गर्ने र संग संगै अस्पतालमा स्तारुन्नती गर्ने सम्बन्धमा छलफल गरिएको छ।

सो स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा विकास गर्नका लागि बागमती प्रदेस सरकारले सहयोग गर्ने जानकारी दिदै प्रदेस सभा सदस्य निरौलाले तत्काल सुविधा र सेवा थप गर्नका लागि प्रदेस सरकारले बजेट व्यवस्था गर्ने हुनाले आवस्यक प्रक्रिया पुरा गर्नका लागि आग्रह गरेका थिए।
नगर कार्यपालिकाले निर्णय गरेर बागमती प्रदेस सरकारलाई पत्राचार गरिसकेको जानकारी दिदै नगर प्रमुख प्रकास अधिकारीले हाल ७० जना भन्दा माथि कोरोना संक्रमितलाई राख्न सकिने सो केन्द्रमा थप स्थान र सुविधाको प्रवन्ध भैरहेको बताएका छन।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा चंडेश्वरी स्वास्थ्य केन्द्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्