नेपालटारमा कोरोना संक्रमित ४८ वर्षीय पुरुषको मृत्यु
रन्जिता गदाल, सन्दिप श्रेष्ठ
काठमाडौं भद्र ११। तारकेश्वर वडा -११ स्थित नेपालटार डेरामा बस्ने एकै परिवारका ४ जना कोरोना संक्रमित भएका छन् भने सोही मध्ये आज ४८ वर्षीय पुरुषको मृत्यु समेत भएको छ र वहा लाई सुगर, प्रेस्स्र को रोग पनि रहेको थियो र आज ३ दिनमा मृत्यु भयो ।
र वहाको श्रीमती,छोरा र छोरी कुवारिन्तिन मा रहेका छन। सोही घरमा अन्य ६ परिवार पनि डेरामा बस्दै आएका छन् । उनीहरु हाल घरमै रहेको र उनीहरुको परिक्षणका लागि नगर स्वास्थ्य शाखाबाट समन्वय भईरहेको र सकेसम्म चाँडै गर्न प्रयास गर्दै तर संक्रमित बढ्दो कारणले गर्दा परिक्षण गर्ने समय टुंगो नलागेको नगर स्वास्थ्य शाखाका प्रमुख जनार्दन अधिकारीले बताए ।
घरबेटिले नगर र वडामा जानकारी गरि घरका सबै सदस्यको कोरोना जाँच गर्न आग्रह गरेको तर वडाले ढिलो गरेको भन्दै स्थानीयले् आक्रोस पोखेका छन् । वडा अध्यक्ष विन्दु बुढाथोकीले ५ दिन नभई परिक्षण गर्दा थाहा नहुने भएकाले नागरिकलाई संयम र नआत्तिन समेत आग्रह गर्नु भएको छ ।
तारकेश्वरमा हालसम्म १२ जना कोरोना संक्रमित भएका छन् जसमध्ये एकजनाको मृत्यु भएको छ भने एकजना उपचार पछि निको भएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिनु भएको ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमितको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्