थपिए प्रदेश १ मा १ सय ८ संक्रमित, ८१ जना डिस्चार्ज
प्रदेश १ मा आज १ सय ८ संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुम ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा आज ४३ जनामा संक्रमण देखिएकोे छ । संक्रमण देखिएकामा १३ महिला र ३० पुरुष छन् । मोरङको बुढीगंगामा ३ महिला १ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५ महिला ९ पुरुष, इनरुवामा १ महिला ३ पुरुष, बर्जुमा १ महिला २ पुरुष, दुहवीमा २ पुरुष , धरानमा १ महिला, झापाको दमकमा ६ महिला ९ पुरुष, र गौरीगञ्जकी १ महिलामा संक्रमण देखिएको छ । उता तेह्रथुमको म्याङलुङमा ४ महिला ४ पुरुष, पाँचथरको फिदिममा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९४० पुगेको छ ।
प्रदेश १ मा आज ८१ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ३८५ पुगेको छ । प्रदेश १ मा आज १ हजार ३५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार आज सम्म ८२ हजार १०२ पुगेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्