Techie IT
बिहीबार, असार १९,२०८२

तारकेश्वर जीतपुरफेदीमा १३ गतेसम्म निषेधाज्ञा ,संक्रमण व्यक्तिको क्षेत्र सिल


। तारकेश्वर नगरपालिका वडा नं ३ जीतपुरफेदीमा कोरोना संक्रमण देखिएको व्यक्तिको घर भएको क्षेत्रमा सिल गरिएको छ । सिल गर्नुका साथै संक्रमित ब्यक्तिको सम्पर्कमा आएका ब्यक्तिको पहिचान गरि शुक्रबारसम्म स्वाब संकलन गरि पीसीआर परीक्षण गराइने वडा न ३ का वडाध्यक्ष मनोहरी तिवारीले  जानकारी दिए ।

३ नं वडामा पनि संक्रमण देखिएपछि वडा कार्यालयको अग्रसरतामा उच्च सतर्कता अपनाइएको हो ।सो क्षेत्रमा आवतजावत गरे संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही गर्ने भन्दै वडाकार्यालयले सचेत गराएको छ ।

सिल गरिएको क्षेत्रमा पूर्वतर्फ जीतपुर मुक्तेश्वर मन्दिर, पश्चिमतर्फ भोलाप्रसाद जमकट्टेलको घरसँगैको खोल्सा, उत्तरतर्फ तीनपिप्ले रामघाट सडक खण्डको पैयुंबोट खण्ड र दक्षिणतर्फ सत्यशक्ति मन्दिरसम्मलाई निषेधित क्षेत्र तोकिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर जीतपुरफेदी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Mostly Cloudy
5:11 am7:04 pm +0545