कोरोना संक्रमित राख्न बनाइएको आईसोलेसन तोडफोडको आरोपमा थप ४ पक्राउ
प्रहरीले यस अघि तोडफोडको आरोपमा क्याम्पस प्रमुख मात्रिकाप्रसाद तिम्सिनालाई पक्राउ गरिसकेको छ ।
संखुवासभामा कोरोना संक्रमित राख्न बनाइएको आईसोलेसन तोडफोड र स्वास्थ्य सामाग्री हराएको आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ ।
संखुवासभा खाँदबारीमा रहेको हिमालय किरण क्याम्पसमा भएको आईसोलेसनमा बिहिबार राति तोडफोड पछि आईसोलेसनमा राखिएका सामान हराएको थियो । सोमबार प्रेश विज्ञप्ती जारी गरेर प्रहरीले तोडफोड र सामान गायव बनाएको आरोपमा खाँदबारी ७ का हरि बुढाथोकी, पासाङ शेर्पा, विकास थापामगर र लाखबहादुर राईलाई पक्राउ गरेको हो ।
उनीहरुलाई अनुसन्धान गर्न पक्राउ गरिएको डिएसपी नवराज मल्ले बताउनुभयो । यस अघि प्रहरीले तोडफोडको आरोपमा क्याम्पस प्रमुख मात्रिकाप्रसाद तिम्सिनालाई पक्राउ गरिसकेको प्रहरीले उल्लेख गरेको छ । तोडफोड पछि हराएका स्वास्थ्य सामाग्री खोजतलास भइरहेपनि फेला नपरेको डिएसपी मल्ले बताउनुभयो ।
जिल्ला अस्पतालले हिमालय किरण क्याम्पसमा आईसोलेसनमा रहेको करिब १५ लाख बराबरको सामाग्री हराएको दाबी गरेको छ । अस्पतालका मेसु सुन्दरश्याम झाका अनुसार ७० पिसपिई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाईडर लगायतका सामाग्री हराएको हो ।
अहिले हिमालयकिरण कै आईसोलेसनमा ४ जना कोरोना संक्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताउनुभयो । तोडफोड पछि पुन अस्पतालबाट नयाँ स्वास्थ्य सामाग्री लगेर ४ जना कोरोना संक्रमितको उपचार गरिरहेको श्रेष्ठले बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्