कुलमान घिसिङ र उनको पुनर्बहाली
शोभा तामाङ
नेपाली विद्युत उत्पादनको व्यवस्थापन र उपयोगीतामा क्रान्तिकारी परिवर्तन ल्याइ लोडसेडिङ हटाएर आफ्नो अतुल्री क्षमता प्रदर्शन गर्ने महान ब्यक्तीत्व हुन् कुलमान घिसिङ। उनको कार्यकाल यहि भदौ अन्तिमबाट सकिदैछ। त्यसैले चौतर्फी रुपमा उनको पुनर्बहालीको आवाज उठिरहेको छ। नउठोस पनि कसरी?
जसको क्षमतामा प्रश्न उठाउने कुनै तुकनै छैन। जताततै भ्रष्टाचारको जालोमा फसेको देशमा अटेरी साढेजस्ता सरकारी कर्मचारीको जमातमा रहेर पनि आफ्नो इमान्दारीता र राष्ट्रयतालाइ उनले पैसामा बेचेनन् । माफियाहरु हाबी भएको यो देशमा उनी माफियाको अगाडि कहिल्यै पनि झुकेनन् र कहिले पनि डराएनन् ।
उनको आफ्नो अदभूत क्षमता प्रमाणित गरेरै छाडे र परिणाम आज हामी सबैको अगाडिनै छ। उनी कसैको विरुद्धमा बोल्न चाहदैनन् कसैको आलोचना गर्न पनि चाहदैनन् ।
एउटा साधारण तर अदभूत क्षमताका धनी उनलाइ यो देशले सहि उपयोग गरेर सहि ठाउँ दिन सक्दैन भने धिक्कार हुनेछ हामिलाइ र भोलि उनिजस्ता अरु होलान् नहोलान् भन्न सकिन्न फेरि काममा फर्किनुपर्छ।
किनभने बिधुत उपयोगीता, बिधुत महशुल निर्धारण, बिधुत उत्पादन व्यवस्थापन आदि जस्ता। कामहरु अझै बाकी छन् र धेरै गर्न बाकी नै छ। त्यसैले अर्को कार्यकाल पनि उनलाइ दिइनु पर्छ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #कुलमान घिसिङ र उनको पुनर्बहाली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्