संखुवासभामा निर्माणाधिन अरुण तेस्रोको कामदारमा कोरोना पोजेटिभ
संखुवासभामा आज थप १ जना ३२ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठका अनुसार अरुण तेस्रोले फ्याक्सिन्दामा बनाएको क्वारेन्टाईनमा बसेका १ जनाको स्वाव परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो । भारतको विहारबाट अरुण तेस्रो आयोजनामा काम गर्न आएका कामदारमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सखुवासभाले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमितलाई खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसुलेसनमा ल्याउने तयारी भईरहेको छ । यसअघि ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु मध्ये ५ जना उपचार पछि घर फर्किसकेका छन् भने ३ जनाको खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आइसोलेसनमा उपचार भईरहेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्