अछाम बाढीपिडितको उद्धार तथा राहतमा जुट्न मन्त्री लेखराज भट्ट को विशेष पहल
अछामको रामारोशन गाउँपालिका–५ मा थप २ जनाको शव फेला परेको छ । योसँगै बढीमा बगेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । अझै पनि १७ जना बेपत्ता छन् । मृतकहरुको सनाखत हुन सकेको छैन ।
रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलका अनुसार कैलाश खोलाले सैनबजार क्षेत्र पुरै बगाएको छ । त्यहाँ रहेका करिब १६ घर बाढीले बगाएको छ ।
रामारोशन गाउपालिकाको कैलाश खोलामा आएको बाढिले कैलास खोलाको तटीय क्षेत्रमा ठूलो धनजनको क्षेती पुर्याएकोछ र सोही गाउपालिकाको वार्ड नं. ५ सैनिमा बाढीले व्यापारी पाँच परिवारसहित १९ जना बेपत्ता भएको र बेपत्ता मध्ये ४ जनाको लास प्राप्त भएको जानकारी गाउपालिका उपाध्यक्ष सरस्वती रावल ज्युबाट प्राप्त भएकोछ।
उनले मृतकप्रती भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवारमा गहिरो दुख व्यक्त गरेका छन । दुखको घडीमा उद्धार तथा राहतमा जुट्न सम्पुर्ण दाजुभाई दिदिबहिनी,स्थानिय पार्टी कमिटी, स्थानिय सरकार,प्रदेश सरकार, संघीय सरकार, त्यहाँबाट निर्बाचित जनप्रतिनिधि प्रहरी प्रशासन पत्रकार लगायतका सरोकारवालाको ध्यानाकर्षण समेत गरायका छन ।
यि हुन बेपता हुने १७ जना
१ चन्द्र ब साउद
२ बशुन्धरा साउद
३ नन्द सिं साउद
४ गंगा साउद
५ रुपेस साउद
६ जाेगा साउद
७ नबिन साउद
८ कबिता बुढा साद
९ अमर ब शाह
१० पबित्रा शाह
११ समिर शाह
१२ लालसरा शाहि
१३ बशन्त शाहि
१४ गाैरि शाह
१५ समझना शाह
१६प्राप्ति साउद
१७बिमा साउद
यसै बिच बेपत्ता भएका लाई तत्काल राहत,उद्दारको ब्यवस्थापन गर्ने आपूर्ति मन्त्री लेखराज भट्ट को विशेष पहल गरेका छन । तत्काल हेलिकप्टर र उद्दार सामाग्री पठाउन गृहमन्त्री राम बाहादुर थापाले प्रतिबद्धता सहित सम्बन्धि निकायलाई निर्देश दिनु भएको अनेरास्ववियू नेता डि.बि साउतले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #अछाम बाढीपिडित, #लेखराज भट्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्