कोरोना भाइरस विरुद्धको सतर्कता अभियानका लागी टोखाका युवा क्लब सक्रिय
टोखा नगरपालिका ३ न वडाको स्थित श्री टोखा यूवा क्लवले शुक्रबार कोभिड १९ कोरोना भाइरस विरुद्धको सतर्कता अभियान थालेको छ। टोखा यूवा क्लवले आयोजना गरेको कोभिड १९ कोरोना भाइरस विरुद्धको सतर्कता अभियानमा प्रमुख अथिति टोखा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिंह राज श्रेष्ठ, क्लबका अध्यक्ष राम राज श्रेष्ठ, टी गु्रप का संयोजक पंञ्च नारायण डंगोल , क्लबका महिला अध्यक्ष शान्ति श्रेष्ठ र क्लबका पदाधिकारीहरु र पत्रकार लगायतको उपस्तिथि रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष सिंहराज श्रेष्ठले मन्तव्य राख्नु भएको थियो।
कोरोना भाईरसको महामारीका समयमा सबै एकजुट भएर सामना गर्नुपर्ने र यसमा युवा भुमिका रहने साथै यस कोरोना भाइरसको महामारी बाट बच्न नियम पालना गरि घर भित्र बसि सुरक्षित र अवलम्बन गर्नुपर्ने कर्तव्यका बारेमा जनताहरु सतर्क भै दिनुहुन सबै टोखावासी र वडावासीहरुमा उहाँले आग्रह गर्नु भयो।
कोभिड १९ कोरोना भाइरस विरुद्ध सतर्कता अभियान कार्यक्रम अब टोखा नगरपालिकासंग समन्वय गरि टोखाको प्रत्येक वडाहरुको टोलटोलमा चोकचोकमा टोखा यूवा क्लवले सतर्कता अभियान संचालन गर्ने बारे क्लबका अध्यक्ष रामराज श्रेष्ठले बताए । हाल उक्त अभियानका लागी टोखाको बाम्फल टोल, मुल गेट, गणेशस्थान र थने लाछीमा ह्यान्ड स्यानिटाईजर राख्ने कार्यक्रम गर्ने बताएका छन्। यसका साथै कार्यक्रममा क्ल्बका सम्पुर्ण पदाधिकारीहरु र पत्रकार लगायत प्रत्येकलाई चालिस थान माक्स र एउटा ह्यान्ड सेनिटाजर प्रदान गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #tokha municipality
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्