Techie IT
आईतबार, साउन १०,२०८३

सिन्धुपाल्चोकमा भिषण पहिरो , १३ घर पुरिए ५ घरका सदस्य सम्पर्कबिहिन


सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरो पहिरो जाँदा १३ वटा घर पुरिएका छन् भने पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् ।

निरन्तरको बर्षाका कारण पहिरो गएको थियो। अहिले बर्षा रोकिएपनि उद्धार कार्यका लागी हेलिकप्टर जान नसकेको जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले बताएका छन्।
नेपालका अनुुसार सामान्य घाईते भएर निस्केकाहरु १५ जना रहेका छन्। बिहान करिब ६ बजेतिर आएको पहिरोले १३ घर पुर्ण रुपमा पुरिएका छन् भने ५ घरका सबै व्यक्तिहरु सम्पर्कबिहिन भएका छन्।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्