प्रतिबन्धित औषधिको प्रयोग गरेको पाइएपछि तिन पाकिस्तानी खेलाडीको पदक खोसियो।
गत बर्ष मंसिरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा पाकिस्तानले जितेको तीन वटा पदक खोसिएको छ।तीनै जनाले प्रतिबन्धित औषधी सेवन गरेको पुष्टि भएकाले पदक खोसिएको हो। पदक खोसिएका हरुमा एथ्लेटिक्सअन्तर्गत ११० मिटर हडल्समा स्वर्ण जितेका मोहमद नइम, ४ सय मिटर हडल्समा स्वर्ण जितेका मेहबुब अली र सय मिटरमा कास्य जितेका सामी उलाह हुन्।
तीन जनाले नै शक्तिबद्र्यक प्रतिबन्धित औषधी सेवन गरेको पुष्टि भएकाले पदक खोसिएको हो। ओलम्पिक कमिटीका अनुसार डोपिङमा संलग्न उनीहरुलाई २०१९ डिसेम्बर २ देखि लागू हुने गरी चार वर्षको प्रतिबन्ध लगाइएको छ।
कतारको राजधानी दोहास्थित एन्टी डोपिंङ ल्याबमा परीक्षण गराउदा तीन जना खेलाडीले निषेधित पदार्थ सेवन गरेको पुष्टि भएको थियो तर नियमअनुसार खेलाडीलाई दोस्रो पटक परीक्षण गराउने अवसर दिइएको थियो त्यस्मा पनि डोपिंङ गरेको पुष्टि भएपछि पदक खोसिएको छ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #doping, #pakistani player
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्