गोंगबु हत्याकाण्ड : अभियुक्त महिला कलाकार सार्वजनिक
गोंगबुमा आइतबार बिहान सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यारा फेला पारेको छ।
मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी चितवनकी कल्पना मुडभरी पौडेललाई संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
तीनचार वर्षअघि फेसबुकबाट चिनजान भएर नजिकिएका र पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका निर्वस्त्र तस्बिरहरू राख्न थालेपछि केही दिनअघि रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको अभियुक्तले स्वीकारेको प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन्। ।
महाशाखाका एसएसपी दीपक थापाका अनुसार हत्यापछि शव व्यवस्थापन गर्न अभियुक्तले टाउको र खुट्टा काटेर छुट्टा छुट्टै स्थानमा फ्याकेकी थिईन। शव फ्याकेर उनी माईत चितवन गएकी थिईन। सोमबार उनलाई प्रहरीले चितवन बाट पक्राउ गरेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #gongabu murder case reveal
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्