कोरोना संक्रमण बढेपछि तारकेश्वर मनमैजु क्षेत्र सिल
तारकेश्वर नगरपालिका वडा नं। १० का विभिन्न क्षेत्रमा कोरोनाको संक्रमण बढ्न थालेपछि सप्तऋषि टोल, शिव नगर र सिद्धेश्वर टोलमा वडा कार्यालयको निर्देशनमा उपभोक्ता समितिले सिल गरेको छ ।
सोमबार वडा कार्यालयमा सप्तऋषि, ऐश्वर्य नगर समाज, शिव नगर, नमुना नगर र सिद्धेश्वर टोल विकास समितिको पदाधिकारी र जनप्रतिनिधिहरुको संयुक्त बैठकले संवेदनशिल क्षेत्रको पहिचान गरी बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खाद्यान्न र तरकारी पसलहरु खोल्ने निर्णय गरेको छ ।
पसलहरु सञ्चालन गर्दा पनि कोभिड–१९ को मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा, सामाजिक दूरी, मास्कको प्रयोग गरेर मात्र खोल्न सकिनेछ । वडा नं. १० को कोरोना संक्रमित क्षेत्रमा टोल विकास समितिहरु सक्रियतामा शिव नगर टोल विकास समितिले माइकिङ गरेर टोल–टोलमा सचेतना गराएको छ । तारकेश्वर १० मा अहिलेसम्म ४ जनामा कोरोना पुष्टि भैसकेको छ भने कोरोना संक्रमित दुई पुरुषलाई किर्तिपुर अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । त्यस्तै अन्य दुई जना भने होम क्वारेनटिनमा रहेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #corona
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्