तारकेश्वरमा कोरोना देखिएको स्थानमा पिसिआर परिक्षण गर्दा स्थानीयहरुको विरोध पर्दशन
काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. १० लोकतान्त्रिक चोक नजिक ४ दिन अघि कोरोना पोजेटिभ देखिएको स्थानमा ४ दिनपछि आज नगर स्वास्थ्य साखाले कोरोना पोजेटिभ देखिएको व्यक्तिको परिवारका सदस्यहरुको पिसिआर परिक्षणका लागि स्वाव संकलन गर्न लागेको छ ।
स्वाव संकलन ९ जनाको मात्र गर्ने भनिएपछि उक्त घरको भाडामा बसोबास गरेकाहरुले विरोध जनाइरहेका छन् । उनिहरुले हामी सबैको स्वाव संकलन गर्नुप¥यो भन्दै आएका छन् ।
४ दिनपछि स्वास संकलन गर्न नगर स्वास्थ्यको टोली गएपछि स्थानीयहरु आक्रोशित हुँदै अहिलेसम्म किन नआएको भनेर स्थानीय सरकारको आलोचना गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना पोजेटिभ देखिएको स्थानहरुमा सिल गर्न सकिने निर्देशन भएपनि तारकेश्वरमा कतै पनि सिल नगरिएकपछि स्थानीयहरु आक्रोशित बनेका छन् ।
हामीले तारकेश्वर नगर स्वास्थ्य साखा प्रमुखलाई तारकेश्वरका अन्य स्थानको कोरोना संक्रमणबारे बुझ्न खोज्दा उहाँले आफुलाई थाहा नभएको बताउनुभयो ।
तारकेश्वर वडा नं. ५ मा एक जनालाई कोरोना संक्रमण देखिएको वडाध्यक्ष बासु गौतमले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्