Techie IT
शनिबार, जेठ १६,२०८३

नेपाल महिला संघ संखुवासभाले उपलब्ध गरायो शिलिचोङ पहिरो पिडीतलाई सहयोग


नेपाल महिला संघ संखुवासभाले संघको ७३ औं स्थापना दिवसका अवसरमा शिलिचोङ पहिरो पिडीत महिलाहरुलाई १५ हजार ५ सय सहयोग उपलब्ध गराएको छ । नेपाल महिला संघका जिल्ला सभापति निरु तामाङ्ग बस्नेतको सभापतित्व तथा र काँग्रेस जिल्ला सभापति दिपन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा खाँदबारी स्थीत काँग्रेस पार्टी कार्यालयमा पिडीत महिलाहरुलाई रकम हस्तान्तरण गरिएको हो ।

नेपाल महिला संघका संस्थापक सभापति स्वर्गिय मंगलादेवी शिंहको फोटोमा माल्यार्पण माल्यार्पण गर्दै नेपाली राजनितीमा स्वर्गीय सिंहले पुर्याएको योगदानको चर्चा गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल महिला संघका संखुवासभा सभापति निरु तामाङ्ग÷ बस्नेतले ७३ औं स्थापना दिवसका अवसर पारेर पिडीतलाई सानै भए पनि सहयोग गरिएको बताईन् ।
उनले नेपाली काँग्रेस प्राकृतिक बिपद राहत कोष स्थापना गरि पहिरो पिडीतका लागि सहयोग जुटाउन काँग्रेसले पहल गरिरहेको जानकारी दिँदै संकलित रकमबाट बिस्थापीतको स्थाई पुनर्वासमा सहयोग गर्ने उदेश्य रहेको धारणा राखिन् ।

कार्यक्रममा काँग्रेस जिल्ला सभापति दिपन कुमार श्रेष्ठले महिलाहरुको नेतृत्व क्षमता बिकास र शसक्तिकरण आवश्यक भएकोमा जोड दिँदै नेपाली राजनितिमा महिलाहरुले पुर्याएको योगदान र त्यागको ईतिहाँसले नै अहिले मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । सभापति श्रेष्ठले शिलिचोङमा पहिरोमा परि बेपत्ता भएकाको स्मरण गर्दै पिडीत परिवारलाई सहयोग जुटाउन नेपाली काँग्रेस लागिपरेको जानकारी दिए ।

गत असार २७ गते राति शिलिचोङको बेसिन्दामा पहिरो जाँदा ११ जना हराईरहेका छन् भने १ सय ३६ घर बिस्थापीत भएका छन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल महिला संघ जिल्ला कार्य समिति सदस्य, नेपाली काँग्रेसका महिला नेत्रृ , भात्री तथा शुभेच्छुक संघ संस्थाका प्रमुख तथा प्रतिनिधी र संचारकर्मीहरुको उपस्थीति रहेको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्