जलमग्न तुम्लिङटार बजार , तिन घर भत्किए (फोटो फिचर)
डुबानमा परेको तुम्लिङटार भिडियो सहित

लगातारको बर्षात्का कारण संखुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटार बजार डुवानमा परेको छ । सोमबारदेखि लगातार परेको बर्षाले तुम्लिङटारका कम्तिमा सय घर डुवानमा परेको छ । घरभित्र पानीबसेपछि ३ वटा घर भत्केको छ । विनाृेद बाह्कोटी, कृष्ण श्रेष्ठ र सम्सेर मगरको घर भत्केको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले बताउनुभयो । खाँदबारी नगर क्षेत्रका बिभिन्न स्थानका ४ जनाको घरमा क्षति पुगेको छ ।
माटो र ढुंगाले बनेको कच्चीघर डुवानका कारण जोखिममा परेको छ । मंगलबार विहान २ बजेपछि ठूलो पानी परेपछि तुम्लिङटार एक्कासी डुबेको थियो । तुम्लिङटार क्षेत्रमा ढलको राम्रो व्यवस्था नभएका कारण डुवानमा परेको स्थानीयले बताएका छन् । घरभित्र पानी बसेपछि व्यापारी मारमा परेका छन् ।
पहिरोले खाँदबारी नगरपालिका ६ का शान्तिकुमार खत्रीको घर भत्केको छ । घरभित्र रहेको सामाग्री सेनाको बराहदल गुल्म र प्रहरीले निकालेको छ । ढुंगेबिसौनीका वीरसुन्दर श्रेष्ठको घर, खाँदबारी ३ का गीता दर्जी र नारायण बुढाथोकीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : भिडियो, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्