एसिड आक्रमणमा परेकी पवित्रालाई नागार्जुन नगरपालिकाले रोजगारी दिने
गत बिहीबार साँझ एसिड प्रहारबाट घाइते भएकी ओखलढुंगा घर भई नागार्जुन नगरपालिका वडा नं ४,बाफलमा बस्दै आएकी २२ वर्षीया युवती पवित्रा कार्कीलाई नागार्जुन नगरपालिकाले रोजगारी दिने भएको छ ।
सोमबार नागार्जुन नगरपालिका मेयर मोहन बहादुर बस्नेतले कीर्तिपुर अस्पतालमा पुगी कार्कीलाई सहानुभुती प्रदान गर्नुका साथै उपचारपछि नगरपालिकाले रोजगार उपलब्ध गराउने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।
पीडित युवतीलाई भेट्न मेयर बस्नेतसहित नागार्जुन नगरपालिका कर्माचारीहरु कपिल प्रसाद पौडेल र नारायण प्रसाद तिमिल्सिीना अस्पताल पुगेका थिए ।भेटघाटको क्रममा मेयर बस्नेतले एसिड प्रहार गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै,एसिड बिक्री वितरणलाई नियमन गर्न समेत सरकारलाइ आग्रह गरे । उनले घाइते युवतीको शीघ्रस्वास्थ्य लाभको कामना पनि गरे । घरबाट दही किन्न भनेर निस्किएकी पवित्रामाथि साउन ८ गते साँझ सीतापाइलामा एसिड प्रहार भएको थियो । उनलाई एसिड प्रहार गर्ने र प्रहार गर्न लगाउने दुबैलाइ प्रहरीले सोही दिन नियन्त्रण गरि कारवाही प्रकृया अघि बढाइसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एसिड आक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्