सीतापाइलामा युवतीलाई एसिड हान्ने दुई भारतीय पक्राउ
काठमाडौं, ९ साउन । काठमाडौंमा बिहीबार राति यवुतीमाथि एसिड प्रहार गरेको अभियोगमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले बिहीबार राति घटना भएको तीन घण्टाभित्र दुई भारतीयलाई पक्राउ गरेको जनाएको छ ।
बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका मोहम्मद आलम र उनको पसलमा कार्यरत भारतीय नागरिक मुन्ना महम्मदले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।
मुन्ना महम्मद भारतको शिवरका हुन् । एसिड प्रहार गर्दा मुन्नाको हात समेत जलेको छ ।
प्रहरीले बाफल चोकमा जडान गरिएको सीसीटीभी फुटेज र फोनको रेकर्डबाट उनीहरूलाई पक्राउ गरेको थियो ।
घटना हुनुभन्दा केही घण्टा अघिबाट युवतीको मोबाइलमा ३७ पटक मिसकल आएको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।
त्यसमध्ये आधाजसो मिसकल आलमको मोबाइलबाट गरेको पत्ता लागेको छ ।
घटनालगत्तै वरिपरिका सबै गौंडा र सडक बन्द गरेर अनुसन्धान सुरु भइसकेको र साँझ परेकाले आरोपित भाग्नसक्ने अवस्था थिएन ।
बिहीबार राति ११ बजे महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले एसिड प्रहार गर्नेमध्येका एकजना भारतीय नागरिक मुन्ना महम्मदलाई नियन्त्रणमा लिएपछि सबै कुरा खुलेको छ ।
मुन्नाको देब्रे हातमा एसिड छर्किने क्रममा छचल्किएर नाडी र पाखुरामा पोलेको छ ।
मुन्नाको बयानपछि उनका मालिक आलमलाई पनि प्रहरीले पक्राउ गरेको छ । मुन्नाले मालिकको आदेश मानेर युवतीलाई एसिड हानेको बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #युवतीलाई एसिड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्