महादेवका तिन नेत्र
धन भन्ने महादेवको तिन नेत्र भन्ने, पहिले उखानै थियो
अहिले त धन चाहिने रहेछ सवैलाई, भन्ने सावितै भयो ।
धनकै खातिर समाजमा अहिले, भष्ट्राचार बढ्दै गयो
के गर्न हुने के गर्न नहुने, धनले त्यो अन्धो भयो ।
धनकै खातिर घर परिवार पनि, मल जल गर्दै गए
बढ्दै गयो अहमता तिनमा, छोई नसक्नु भए ।
तडक भडक देखिन्छ समाजमा, होडवाजी चल्दै गयो
जस्ले वढि खर्च गरेर देखाउछ उ गन्ने मान्ने भयो ।
आफन्त पनि विरोनो हुदै गए, धनकै कारण यहाँ
धनी भए पराई पनि आफन्त, संसार भरी जहा ।
अहिले त धननै भएर वलवान, मान्छे नगन्ने भए
भाईचारा मित्रवत व्यवहार अहिले, सवै हराउदै गए ।
संसार किन वदलियो आज यहाँ,हुन तिनै मान्छे पनि
पैसा चिन्न नसकिने भए पनि,वन्नु परेको छ धनी ।
आफ्नो धरातल थियो कस्तो भनी, अहिले विर्सिदै गए
धनकै खातिर तिनै व्यक्तीहरु, गन्य र मान्य भए ।
अर्ति वुद्धिदिने गर्थे पहिला, मान्यजनहरु पनि
धनि गरिव हुदैन संसारमा,होचो र निचो भनि
धनकै कारण कुकर्महरु पनि, अहिले छोपिदै गयो
जहा जे नहुनु पर्ने थियो त्यहि शक्तीशाली भयो ।
लेखक
रामहरि शर्मा
तारकेश्वर,नगरपालीका–२
काभे्रस्थली, काठमाण्डौ ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #रामहरि शर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्