Techie IT
बिहीबार, जेठ २,२०८२

५ वर्षे गुरुयोजना नभएका जनप्रतिनिधिबाट विकासको आसा गर्न सकिन्न : प्रा.डा. केशवराज खड्का


३ साउन, काठमाडौं । मनमैजु सांस्कृतिक समाजको सञ्चार विभागले आजबाट तारकेश्वर विकासबारे मन्थन कार्यक्रम सुरु गरेको छ । प्रत्येक महिनाको पहिलो शनिबार निरन्तर कार्यक्रम गर्दै जाने योजना रहेको सञ्चार विभाग प्रमुख श्रीराम केसी फुटुंगेले बताउनुभयो । उनकाअनुसार समृद्ध तारकेश्वर निर्माणका लागि समाजका विशिष्ट व्यक्तिहरु ल्याएर तारकेश्वरको विकासबारे बृह्त छलफल गर्ने कार्यक्रमको मुल उद्देश्य रहेको छ ।

आजको कार्यक्रममा वत्ताको रूपमा विकास अर्थशास्त्री तथा प्राध्यापक डाक्टर केशवराज खड्काले स्थानीय क्षेत्रका विकासमा तारकेश्वर नगरपालिकाले आफैंले बनाएका योजनाहरुपनि पुरा गर्न नसकेको बताउनुभयो । स्थानीय तहको विकासका लागि ५ वर्षे गुरुयोजना नबनाई निर्वाचन जितेका जनप्रतिनिधिबाट जनताले विकासमा आसा गर्न नसकिने बताउनुभयो ।

गुरुयोजना नभएका जनप्रतिनिधिहरुलाई जनताले चिन्नुपर्ने बताउनुभयो । विकासमा तारकेश्वर नगरपालिका काठमाडौं जिल्लामा सबैभन्दा पछि परेको नगरपालिका हो । यस नगरपालिकामा आर्थिक वर्ष २०७६/७७ को विकास बजेट १६ प्रतिशत मात्र खर्च भएको छ । चालु खर्च (कर्मचारी तलब र भत्ता) मा करिव ८० प्रतिशतभन्दा बढि भएको छ । विकासको बजेट खर्च गर्न नसक्नुको कारण भनेको गुरुयोजना नभएर हो ।

कोरोना भाइरसबाट सुरक्षित रहन उहाँले इम्युनिटिपावर बढाउँदै लैजानका लागि मध्यम र निम्न वर्गिय जनताले आफ्नो दैनिकी खर्चबाट स्वास्थ्यका लागि बजेट छुट्याउँदै जानुपर्ने बताउनुभयो । कोरोना भाइरस महामारी तत्काल समाधान नहुने भन्दै यस भाइरसबाट सुरक्षित हुँदै दैनिकी कार्यमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मनमैजु सांस्कृतिक समाजका पदाधिकारीहरु र तारकेश्वर पत्रकार मञ्चका कार्यसमिति सदस्यहरु र अन्य पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रचार विभाग प्रमुख श्रीराम केसी फुटुंगेले गर्नुभएको थियो भने सभापतिमा मनमैजु सांस्कृतिक समाजका अध्यक्ष धुर्वराज खड्का थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #केशवराज खड्का, #तारकेश्वर विकास


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:13 am6:46 pm +0545